सूर्योदय । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमणले देशमा समाजवादको स्थापनाका लागि योजना बनाएर लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । एकिकृत पार्टीको सूर्योदय नगर कमिटीका पदाधिकारी र सदस्यलाई सफत कार्यक्रममा मन्तव्य राख्दै सर्माले संविधानले समाजवाद स्थापनाको लक्ष्य लिएकाले कार्यकर्ताले त्यसका योजना निर्माण गरि कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

कम्यूनिष्ट पार्टीलाई अहिलेको अवस्थामा ल्याउनका लागि पुराना पुस्ताले खाली खुट्टामै क्रान्तिको यात्रा तय गरेको, जेलनेल भोग्नेदेखि ज्यान नै गुमाएकाले अब समाजवाद उन्मुख योजना ल्याउनु पर्ने शर्माले बताए । २००६ मा स्थापनाको भएको कम्यूनिष्ट पार्टी अनेक मोड पार गर्दै देशमा दुई तिहाई हारहारीको मत ल्याएर सत्तामा पुगेर काम गरिरहेकाले अब जनतालाई अनुभुति हुने खालका योजना ल्याएर एकतावद्ध भई कार्यान्वयन गर्नुपर्ने भन्दै नेता सर्माले आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर काम गर्ने नेता कार्याकर्तालाई निर्देशन दिए ।
दुई नम्बर प्रदेश बाहेक देशका ६ प्रदेश र धेरै स्थानीय तहमा नेकपाको नेतृत्वको बहुमत रहेकाले आगामी आर्थिक वर्षमा जनताको चाहानाअनुसार र देखिने योजना निर्माण गरि कार्यान्वयन गर्नुपर्नेमा नेता शर्माको जोड थियो । साना योजना स्थानीय सरकारले कार्यान्वयन गरेमा प्रदेशले प्रदेश स्तरीय र संघले ठुला योजना कार्यान्ववय गर्छ शर्माले भने–‘त्यसो गरेमा योजनाको कार्यान्वयनमा पनि सहज हुन्छ ।’ प्रदेश सरकारको बजेटमा इलामका १३ वटा महत्वका सडक कालोपत्रेका लागि अघि सारिएको र पुल निर्माण नभएका खोलाहरुमा डिटेल सर्भेको काम सकेर आगामी आर्थिक वर्षमा निर्माणका लागि बजेट विनियोजन गर्न इलामका चारजना पदेश सासंद तयार भएको नेता शर्माको भनाइ थियो ।
सपथ कार्यक्रममा बोल्दै नेकपा जिल्ला कमिटी सदस्य तथा प्रदेश सासंद काजिमान कागतले पार्टी कमिटि निर्माण नहुँदा योजना छनौट र कार्यान्वयनमा प्रत्यक्ष असर परेकाले अब विकासले द्रुत गति लिने बताए । पार्टी एकिकरण गर्दा पुरानो कमिटिका सबै पदाधिकारी र सदस्य समेट्न नसकेपनि उनीहरुलाई भुमिका दिनेमा पार्टीले तत्काल योजना बनाउनुपर्ने बताए । विकास निर्माण र जनताको सामाजिक सुरक्षाका लागि नेपाल कम्यूनिष्ट पार्टी सधैँ तयार भएकाले आगामि आर्थिक वर्षको बजेटबाट प्रदेश सरकारले इलाममा धेरै विकासका योजना कार्यान्वयनमा आउने कागतेको भनाइ छ ।
कार्यक्रममा नेकपाका प्रदेश नम्बर एकका सदस्य छवि राई राजले दुई ठुला पार्टी एकता गर्ने काम चानचुने नभएकाले आगामी दिनमा एकतावद्ध भएर काम गर्न नगर कमिटीका पादाधिकारी र सदस्यलाई निर्देशन दिए । ठुलो बलिदान र क्रान्ति गर्दै कम्यूनिष्ट पार्टी अहिलेको अवस्थामा आएकाले विकास निर्माण, सरकार संचालन र योजना निर्माणमा एकतावद्ध भएर जनताको विकासको चाहानालाई पुरा गर्न लाग्नुपर्नेमा उनले जोड दिए । त्यस्तै नेकपाका प्रदेश नम्बर एकका सदस्य नेता ध्रुब श्रेष्ठले पार्टीको एकतापछि कार्याकर्ताको मनोबल बढेको बताए । पार्टी एकतापछि नेता कार्याकर्ता एक भएर सूर्योदय नगरलाई समृद्ध बनाउनेमा एक भएर लाग्न श्रेष्ठले निर्देशन दिए । पूर्व माओवादीबाट सचिव सहितको नेतृत्व र पूर्व एमालेबाट अध्यक्ष सहितको नेतृत्य टुङ्ग्याएको कार्यदयले ८१ जनाको सूर्योदय नगरपालिकामा नेपाल कम्यूनिष्ट पार्टीको कमिटी बनेको हो । अध्यक्षमा पूर्व एमालेबाट सोनाम छिरिङ्ग लामा र सचिवमा पूर्व माओवादीबाट घनश्याम पौडेल रहेका छन् ।
यसैबिच नेकपाको नगर कमिटीले जेठ महिना भित्र सबै वडा कमिटीहरु गठन गरिसक्ने गरि कार्यतालिका पनि सार्वजनीक गरेका छ । नगर कमीटिको सपथ ग्रहणमा इलाम जिल्ला सदस्य दूर्गादेवी भट्टराई, बिजय खम्बु, विवेक राई, चित्रकला बराईली, बिर बहादूर लेप्चा, याम सुबेदी, कमल गदाल, प्रदिप शर्मा, नेकपाको केन्द्रिय विभाग सदस्य प्रविन तिमसिना लगायतको उपस्थिति थियो ।
यसैगरि नगरपालिका क्षेत्रमा १४ वटै वडाका अध्यक्ष र सचिवलाई पनि जिम्मेवारी तोकिएको छ । सूर्योदय एकको अध्यक्षमा पुस्पलाल आचार्य, सचिवमा विमल राई २ को अध्यक्षमा डिक बम्जम सचिवमा इन्दिरा घिमिरे ३ को अध्यक्षमा लार्केल लामा सचिवमा गायत्री सापकोटा, ४ मा टेकु पुलामी सचिवमा इन्द्र रिजाल, ५ को अध्यक्षमा बेलकुमार खड्का सचिवमा नारायण चौलागाई ६ मा लेखनाथ दाहाल सचिवमा ठाकुर गड्तौला ७ को अध्यक्षमा डिल्लि घले सचिवमा बिष्णृ भट्टराई ८ को अध्यक्षमा मिलन नेपाल सचिवमा खेम सापकोटा ९ को अध्यक्ष डम्बर प्रधान सचिवमा तारा दुलाल १० को अध्यक्षमा दिपक कुलुङ सचिवमा बिरबहादूर राई ११ को अध्यक्षमा धनराज राई सचिवमा जिवन अधिकारी १२ को अध्यक्षमा गोविन्द राई सचिवमा निमा तामाङ १३ वडाको अध्यक्षमा कमल आचार्य सचिवमा दिपक अधिकारी र १४ को अध्यक्षमा पदम तामाङ्ग सचिवमा कमला खतिवडा राई रहेका छन् ।