Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माओवादी केन्द्र माइजोगमाइको चुनावी सभा सम्पन्न ।

माओवादी केन्द्र माइजोगमाइको चुनावी सभा सम्पन्न ।

  • लोकल सन्देश
  • बुधबार, जेष्ठ ३१ २०७४


माओवादी केन्द्र माइजोगमाइको चुनावी सभा सम्पन्न ।

इलाम । नेकपा माओवादी केन्द्र माइजोगमाइ गाँउपालिकाको चुनावी कोणसभा सम्पन्न भएको छ । सभामा बोल्दै पार्टीका पोलिटब्युरो सदस्य मुक्साहाङ मेन्याङबोले जनताको अधिकारलाई मुठ्ठीमा राख्न खोज्नेहरुलाई पराजित गर्न सचेत जनता एक भएर लाग्न जोड दिँदै उनले माओवादी केन्द्रलाई जिताउन आग्रह गरे ।

२० बर्षपछि स्थानिय तहको निर्वाचन गराउन माओवादी केन्द्र नेतृत्व सरकार भएकाले जनताको अधिकारको लडाइमा माओवादी केन्द्रले साथ दिने बताए । चुनावी कोणसभा माइजोगमाइ गाँउपालिका प्रमुखका उम्मेदवार देवीभक्त शिवाकोटी, उपप्रमुखको उम्मेदवार संगीता थामी, वडा नं ४ का अध्यक्षका उम्मेदवार गञ्जु प्रधानले आ–आफनो धारणा राख्दै माओवादीको उपहार गाँउ नगरमा सिँहदरवार भएकाले जनताको अधिकार कुण्ठित गर्ने शासकहरुको सिण्डिकेट तोड्दै जनतालाई न्याय दिलाउने विजय पछिको पहिलो कार्य रहेको बताए ।

उनीहरुले भ्रष्टहरुको समूल अन्त्य गर्दै ५ वर्षभित्र नमुना गाँउपालिका बनाउने योजना रहेको बताए । कार्यक्रममा जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा रमण, केन्द्रिय सम्मेलन आयोजक समिती सदस्य बिजय खम्बु लगायत ५ सय बढी नेता, कार्यकताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार