इलाम । सत्ताधारी दल नेकपा इलाम जिल्ला कमिटि इलामका पदाधिकारी र सदस्यहरुको गोपनियताको सफत ग्रहण गरेका छन् । नेकपाको बरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतित्यतामा सफत ग्रहण कार्यक्रम गरिएको हो । नेकपाका प्रदेश इञ्चार्ज भिम आचार्य, सह इञ्चार्ज सावित्रिकुमार काफ्ले, प्रदेश अध्यक्ष देवराज घिमिर, सचिव हिमाल राई केन्द्रिय सदस्य धिरेन्द्र सर्मा रमण लगायतको अउपस्थितिमा सफत ग्रहण गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालले जेठ भित्रै सबै एकीकरण सकिने बताएका छन् । तल्लो तहसम्म एकीकरण गर्न धेरै समय लागेकाले अब तदारुकताका साथ एकीकरणको काममा लागेको उल्लेख गरे ।

आज नेकपाका जिल्ला तहका पदाधिकारीलाई सपथ ग्रहण गराउन यहाँ आइपुग्नु भएका खनालले दुई धारका दुई कम्युनिस्ट पार्टी एकीकरण ऐतिहासिक भएको समेत प्रष्ट पार्नुभयो । उनले विगतमा पनि एकीकरणका लागि धेरै प्रयास भएका तर आ–आफ्ना पार्टीगत र व्यक्तिगत समस्याले हुन नसकेको बताए ।
एकै विचार र एकै पृष्ठभूमि भएका जोसुकैसँग पनि पार्टी एकता हुन सक्ने भन्दै नेता खनालले एकीकरणको कार्य नटुङ्गिएको उल्लेख गरे । पछिल्लो समय पार्टीमा दर्शन, विचार र सिद्धान्तमा काम कम हुन थालेको भन्दैे उनले आफ्नो इतिहास नबिर्सिन समेत सबैलाई आग्रह गरे ।
उनले कम्युनिस्टको इतिहास बताउँदै कार्यकतालाई पार्टीगत सिद्धान्त, इतिहासको अध्ययन र परिस्थितिको अध्ययन गर्न समेत आग्रह गरे । खनालले विगतमा कम्युनिस्ट विभाजन हुँदा देशले प्रतिकूलता सहनु परेको उल्लेख गरे । विगतमा आपासी समस्याका कारण कम्युनिस्ट पार्टीबीच नै झै–झगडा, प्रतिस्पर्धा र काटमारको समेत परिस्थिति आएको भन्दै उहाँले अब कम्युनिस्ट एक हुँदै आएको दाबी गरे ।पार्टीभित्र एक वर्षमा उल्लेखिय काम भएको भन्दै अब पनि सबैले एक भएर लाग्नुपर्ने खनालको भनाइ थियो ।
कार्यक्रमममा प्रदेश नं। १ का नेपाल कम्युनिस्ट पार्टी नेकपाका इञ्चार्ज भीम आचार्यले कम्युनिस्ट एकता निर्धारित समय भन्दा धेरै ढिलो भएको बताए । तीन महीनामा सक्ने गरि थालिएको एकता आज सम्म आइपुग्दा एक वर्ष र सात दिन वितिसकेको तर पनि नसकिएकोमा आचार्यले दुःख व्यक्त गरे ।

उनले पार्टीभित्र विधिविधान, सिद्धान्त र पद्धति कम मात्र हेर्न थालिएको आरोप खेप्नु परेकोले अब यस्तो हुन नदिन नेतृत्वलाई आग्रह समेत गरे । कार्यक्रममा प्रदेश नं। १ का सह–इञ्चार्ज साबित्रीप्रसाद काफ्लेले कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय इतिहास भएको बताउनुभयो । उनले इतिहासमा वर्तमान नेकपाका दुबै पार्टीको उल्लेखिय काम भएकाले अब मुलुक निर्माणमा एक भएर लाग्नुपर्ने बताए ।