Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इरौटारमा कफी खेती सम्वन्धी तालिम सम्पन्न

इरौटारमा कफी खेती सम्वन्धी तालिम सम्पन्न

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख २२ २०७६


इरौटारमा कफी खेती सम्वन्धी तालिम सम्पन्न

इरौटार । इलामको रोङ गाँउपालिका–५ इरौटारमा कफि खेती तथा प्रशोधन सम्वन्धी ३ दिवसिय तालिम सम्पन्न भएको छ । वडा नं ५ को आयोजनामा भएको तालिममा विभिन्न क्षेत्रका २१ जना अगुवा कृषकहरुको सहभागीता रहेको थियो । वडाध्यक्ष युवराज राईको उपस्थितीमा तालिम समापन गरिएको हो । चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजना फिक्कलका कृषि प्राविधिक विवेक भण्डारीले सहजीकरण गरेको तालिममा कफी खेतीमा विउ राख्ने देखी लिएर रोपण, काटछाट प्रशोधन र बजारिकरणको बिषयमा प्रयोगात्मक सहित प्रशिक्षण दिइएको थियो ।
चिया तथा कफी विकास बोर्डका सदस्य भोजराज प्रधानको प्रमुख आतिथ्यतामा तालिम सुरु गरिएको थियो । कृषकहरुलाई जिविकोर्पाजनका लागी मात्र नभई व्यवसायिक र जिवन उपयोगी बनाउन तालिम आयोजना गरिएको बताइएको छ । कफीको संभाव्यता रहेको चुरे क्षेत्र रोङको वडा नं १, २ र ६ नम्बर वडामा समेत आगामी जेठको पहिलो साता तालिम चलाइने गाँउपालिकाका प्रवक्ता एवम वडा नं ६ का अध्यक्ष सुवास तामाङले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार