Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रिय समितिको तेस्रो विस्तारित बैठक इलामको अन्तुमा सम्पन्न

नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रिय समितिको तेस्रो विस्तारित बैठक इलामको अन्तुमा सम्पन्न

  • सन्देश सम्बाददाता
  • शनिबार, बैशाख २१ २०७६


नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रिय समितिको तेस्रो विस्तारित बैठक इलामको अन्तुमा सम्पन्न

इलाम । इलामको पर्यटकीय क्षेत्र अन्तुमा नेकपा निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको तस्रो विस्तारित बैठक ३१ बुंदे घोषणापत्र सम्पन्न भएको छ । कर्मचारी समायोजन गर्दा भएका त्रुटि सच्याउनुपर्ने, कर्मचारीलाई ट्रेडयुनियनको अधिकार सुनिश्चित गर्नुपर्ने, समायाअनुकुल तलबभक्ता वृद्धि गर्नुपर्ने लगायत ३१ बुंदे पेशागत मुद्धाहरु पारित गर्दै बैठक सम्पन्न भएको हो ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादूर रावलको अध्यक्षतामा भएको बैठकको समापन गर्दै नेकपा प्रदेश नम्बर एकका सह–इञ्चार्ज सावित्रिकुमार काफ्लेले कर्मचारीले व्यवसायीक दक्षता प्रस्तुत गर्दै सरकारका योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । कर्मचारी स्थायी सरकार भएकाले सरकारले ल्याएका योजना कार्यान्वयन गरि देशमा चाँडो सम्वृद्धि ल्याउन मुख्य भुमिका खेल्नुपर्ने नेता काफ्लेले बताउनुभयो ।
प्रशासन क्षेत्रको सुधार र त्यसभित्रका समस्या समाधान गर्न पार्टी नेतृत्वको सरकार क्रियासिल रहेकाले कर्मचारीको व्यवसायीक दक्षता विकामा सहयोग गर्ने नेता काफ्लेको भनाइ थियो । नेकपा केन्द्रिय सदस्य तथा इलामका प्रदेश सासंद धिरेन्द्र सर्मा रमणले कर्मचारी भित्रको एकताले सरकार बलियो हुने र जनताले सेवा राम्रो पाउने भएकाले बताउनुभयो । परिवर्तनको एजेण्डामा राजनितिक दलसँगै आन्दोलन समेत गरेको कर्मचारीहरुले अब व्यवसायीक दक्षता देखाएर देश विकासमा सहयोग गर्नुपर्ने नेता सर्माको भनाइ थियो । परिवर्तनका लागि हिजो लड्ने कर्मचारीहरुको अपेक्षा अनुसार आफ्ना माग राख्नका लागि सरकारले आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गरेकाले चाँडो आफ्ना सुझावहरु राख्न नेता सर्माको सुझाव थियो ।
बैठकमा कर्मचारीहरुले अपहेलित भएर राष्ट्रसेवक कर्मचारी बस्न नसक्ने भएकाले सरकारले तत्काल माग पुरागर्नुपर्ने बताएका थिए । राजनितिक मुद्धामा राजनितिक दलहरुलाई साथ दिएको र आगामि दिनमा आर्थिक सवृद्धिको यात्रामा साथ दिने प्रतिवद्धता भएपनि समयअनुकुल तलब वृद्धि गर्नुपर्ने कर्मचारीहरुको माग रहेको थियो । ७ वटै प्रदेशका पदाधिकारी, केद्रिय समितिका पदाधिकारी, सचिवालय सदस्य र केन्दिय्र सदस्य सहभागि रहेको बैठकमा प्रदेशस्तरिय सुझाव संकलन गरिउको थियो ।
प्रदेशस्तरीय कर्मचारीहरुको समुहको निष्कर्ष प्रदेश नम्बर १ का अध्यक्ष रुद्र सुवेदी , २ को तर्फबाट अध्यक्ष विनोद चौधरी, ३ को तर्फबाट अध्यक्ष पुरुषोत्तम रायमाझि, गण्डकि प्रदेशको अध्यक्ष कृष्ण पौडेल, प्रदेश ५ को अध्यक्ष राजेन्द्र राना र प्रदेश ७ को अध्यक्ष चन्द्रदेव जोसि र कर्णालि प्रदेशका अध्यक्ष देवेश्वर गिरिले अब बन्ने कर्मचारीका कानुनका बारेमा आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।
विस्तारित बैठकमा नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष अमरदत्त भट्ट, अम्बिका धमाला, सेरबहादूर कार्की, गणेश महर्जन, सुवनारायण यादव, खिला सर्मा घिमिरे, पोष्ट प्रसाद साहा, प्रकाशप्रसाद साहा लगायतले कर्मचारीहरुले देशको सवृद्धिमा खेल्नुपर्ने भुमिका र कर्मचारीका मागका बिषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए । बैठकमा सहभागि हुने इलामको अन्तु पुगेका सम्पूर्ण अतिथि तथा कर्मचारीहरुलाई नेपाल राष्ट्रिय कर्मचारी संठगन प्रदेश नम्बर एक समितिका अध्यक्ष रुद्र सुवेदी , उपाध्यक्ष रेवती पोखरेल सचिव संजिव राई लगायतको टोलीले खदा ओडाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार