Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेकपा निकट कर्मचारी युनियन नेपाल विद्युत प्राधिकरणको आधिकार ट्रेड युनियनमा बिजयी

नेकपा निकट कर्मचारी युनियन नेपाल विद्युत प्राधिकरणको आधिकार ट्रेड युनियनमा बिजयी

  • सन्देश सम्बाददाता
  • बिहिबार, बैशाख १९ २०७६


नेकपा निकट कर्मचारी युनियन नेपाल विद्युत प्राधिकरणको आधिकार ट्रेड युनियनमा बिजयी

इलाम । नेपाल विद्युत प्राधिकरणको आधिकारिक टे«ड युनियमा सत्ताधारि नेकपा निकट नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन बिजयी भएको छ । नेपाली काग्रेस निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी संघलाई भारि मतान्तरले पछि पार्दै नेकपाको कर्मचारी संघले आधिकारी टे«ड युनियनको नेतृत्व लिएको हो ।
बिहिबार सम्पन्न मतदानमा नेकपा निकट नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले ४ हजार ७ सय २७ मत प्राप्त गरेको छ । मतदानबाट नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले ३३ सय ८९ र नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद्ले १ सय ६६ मत देशभरबाट प्राप्त गरेको छ ।
यसैगरि नेपाल विद्युत प्राधिकरणको आधिकारिक टे«ड युनियनको मतदानका लागि इलाममा दूईवटा मतदान केन्द्र तोकिएका थिए । पूर्वी इलामको फिक्कलमा रहेको मतदान केन्द्रमा नेकपा निकट नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले ९ मत नेपाली काग्रेस निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको ५ र एक मत बदर भएको थियो ।
यस्तै इलाम सदरमुकाम स्थित पुवाखोला मतदात केन्द्रमा युनियन ६१, संघ १९ र सरिषद्ले ६ मत प्राप्त गरेको फिक्कल मतदान केन्द्रका मतदान अधिकृत रविनबाबु घिमिरेले बताउनुभयो । आधिकारी टे«डयुनियनका लागि आज बिहान ९ बजेबाट ४ बजेसम्म मतादान समय तोकिएको थियो । मतदान समय सकिए लगत्तै गरिएको मतगणना अनुसार इलाममा नेकपा निकट युनियनले ७० मत, काग्रेस निकट संघले २४ , राप्रपा निकट परिषद्ले ६ मत र एक मत बदर भएको हो । निर्वाचन गराउनका लागि इलामस्थित पुवाखोला मतदान केन्द्रमा प्रल्लाद राउत र फिक्कल मतदान केन्द्रमा प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रबिनबाबु घिमिरेलाई जिम्मेवारी तोएिको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार