Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रिय आधारभुत विद्यालय रम्फोकको ५१ औ बार्षिक उत्सव सम्पन्न

राष्ट्रिय आधारभुत विद्यालय रम्फोकको ५१ औ बार्षिक उत्सव सम्पन्न

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख १३ २०७६


राष्ट्रिय आधारभुत विद्यालय रम्फोकको ५१ औ बार्षिक उत्सव सम्पन्न

फिक्कल । सुर्योदय नगरपालिका–९ रम्फोममा रहेको राष्ट्रिय आधारभुत विद्यालयको ५१ँ औ बार्षिक उत्सव विविध कार्यक्रमका बिच मनाइएको छ । कार्यक्रममा पुर्व व्यवस्थापन समितीका अध्यक्षलाई सम्मान, अनिवार्य अवकास शिक्षक विदाइका साथै मुनामदन नाटक समेत मञ्चन गरिएको थियो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष इन्द्रकुमार तामाङको अध्यक्षता रहेको कार्यक्रममा नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता तथा उप्रुमख दुर्गादेवी भट्टराई र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पुर्व अध्यक्षहरु नन्दलाल राई, सुरेन्द्र राई, दोर्जे लामा र पहलमान खडकालाई सम्मान गरिएको थियो ।
त्यसैगरी अनिवार्य अवकाश प्राप्त शिक्षक भुवनराज ढुङगाना र पुर्व प्रधानाध्यापक पदम प्रसाद ढुङगानालाई विदाई गरिएको थियो । कार्यक्रममा विद्यालयलाई आर्थिक सहयोग गर्ने ५ जना व्यक्तीत्वहरु समेत सम्मानित भएका छन ।
प्रधानाध्यापक बुद्धिमान राईले स्वागत मन्तव्यका साथै विद्यालयको भावी कार्ययोजना प्रस्तुत गरेको कार्यक्रममा कविहरु नुरज भटराई नदी र सुवास राईले कविता बाचन गरेका थिए । २०२४ सालमा स्वर्गिय पदमचन्द्र काजीले जग्गादान गरेपछि विद्यालय स्थापना भएको थियो । स्वर्गीय काजीको तस्विरमा खदा अपर्ण गर्दै सुरु गरिएको कार्यक्रम मानविर लेप्चाले संचालन गरेका थिए

प्रतिक्रिया
सम्बन्धित समाचार