इलाम । इलामको देउमाई नगरपालिकामा चुनावी सरगर्मी बढेको छ । नेपाली काग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले उमेद्धवार छनौट गरि चुनावी प्रचारमा लागेपछि देउमाई हरेक वडामा दिनैपिच्छे दलहरुका चुनावी कार्यक्रम हुँदै आएका छन् । नेपाली काग्रेसले देउमाईका सबै वडामा वडा भेला सम्पन्न गरि घरदैलो कार्यक्रम शुरु गरेको छ ।
वडाका केन्द्र र टोलमा कोणसभा पछि र्यालीको आयोजना गरिँदै आएको नेपाली काग्रेस मेयरका उमेद्धवार होम दुललाले बताए । काग्रेसले देउमाईको उप मेयरमा सूर्यमाया राईलाई उमेद्धवार बताएको छ । नेकपा एमालले पनि चुनावी प्रचारप्रसारलाई तिब्रता दिएको छ ।
देउमाई नगरपालिकाका मेयरका उमेद्धवार सूर्य पोखरेलका अनुसार पार्टीले आफ्ना उमेद्धवारलाई जिताउन वडा भेला, घरदैलो अभियान र कोणसभाहरु गर्दै आएको बताए । यस्तै माओवादी केन्द्रले वडा भेला गरि पार्टीको वडा कमिटी गठन गरि प्रचारप्रसार गर्दै आएको मेयरका उमेद्धवार राम राईले बताए ।
माओवादी केन्द्रले देउमाईको उप मेयरमा सान्ता बस्नेतलाई उप मेयरको उमेद्धवार बनाएको छ । सबै वडामा प्रचारप्रसार समिति निर्माण गरि हामीले घरदैलो कार्यक्रम गर्दै आएका छौ– माओवादी केन्द्रका मेयरका उमेद्धवार राम राईले भने– काग्रेस र एमालेका उमेद्धवारलाई टक्कर दिने योजनाका साथ घरदैलो कार्यक्रम गर्दै आएका छौँ ।
यस्तै देउमाईमा राप्रपा, संघीय समाजवादी फोरम लगायका साना पार्टीले पनि चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन् । पुरानो संरचना अनुसार ५५ वडा मिलेर बनेको देउमाई नगरपालिकामा हाल नौ वटा वडा रहेका छन् । देउमाई नगरपालिकामा २१ हजार ६ सय २३ मतदाता रहेका छन् ।