Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

संरक्षणको पर्खाइमा कन्यामकाे मिर्मिरे टाबर

संरक्षणको पर्खाइमा कन्यामकाे मिर्मिरे टाबर

  • गोपाल गिरी
  • सोमबार, चैत्र २५ २०७५


संरक्षणको पर्खाइमा कन्यामकाे मिर्मिरे टाबर

कन्याम : चारै तिर चिया बारी डाँडा भरी सल्लाको लहर बीचैमा जस्ता र काठको प्रयोग गरी बनाएको जीर्ण बन्दै गरेको सानो कच्ची गोलघर जुन मिर्मिरे भ्यू टावरको नामले चिनिन्छ । कन्याम घुम्न आउने पर्यटक तथा कैयौ प्रेम जोडी हरुले  थकाइ मेट्दै वरिपरि आँखा डुलाउदा देखिने तराइका समथर भूभाग दार्जिलिङ र ईलाममा अवस्थित अग्ला पहाडहरु ,सफा र खुलेको मौसममा टलक्क टल्किने कंचनजंगा हिमालको मनमोहक दृश्यावलोकनको लागी यो टाबर प्रशिद्ध छ  । यो भन्दा पनि बिर्सन सकिने बंगोप सागर बाट तिलस्मी किरण धर्तीमा फिजाउदै उदाईरहेको सूर्योदय को दृश्य आँखाकै सामुन्ने ।वास्तवमा सूर्योदयनगर पालिका अन्तरगतको कन्याम डाँडामा रहेको मिर्मिरे टावरको चित्रण गर्छन कन्याम पर्यटन संस्था का अध्यक्ष टेकराज गिरी ।

बिहानीको मिर्मिरेमा पश्चिम बंगालको खाडी तथा बंगोप सागर को छाल बाट उदाउने सुर्योदयको दृश्यावलोकनको लागि अन्तु डाँडा नेपालकै उत्कृष्ट गन्तव्य हो यस्तै मेचि राजमार्ग सँगै जोडिएको कन्याम चिया बगानको शीरमा पर्ने मिर्मिरे भ्यू टावरमा आजभोलि पर्यटकको भीड निक्कै देख्न सकिन्छ ।२०६०सालमा मिर्मिरे बिहानी क्लबको अग्रुरतामा निर्मित यति सम्म पर्यटकीय महत्त्व बोकेको यस भ्यू टावर संरक्षण को अभावमा जीर्ण बन्दै गएको छ । केही बर्ष अघि खुलेको होटल कन्याम इन बाट पाँच मिनेट हिडे पुगिने यस ठाउँमा मौसम सफा भएको तथा  खुलेको समयमा आठ मिनेट सम्म सुर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ ।

समुद्री सतह बाट करिब १ हजार ५सय ६५ मिटर उचाइमा अवस्थित कन्याम डाँडाबाट कुम्भकर्ण र कंचनजंगा हिमाल मात्र नभई भारतको खर्साङ,मिरिक,सिलीगुडी त्यसै गरी नेपाल तर्फका अन्तु डाँडा ,पशुपतिनगर बजार ,तराईका समथर फाँटहरु साथै आँखाले भ्याए सम्मका हरियाली चिया बगानका दृश्य हरु देख्न सकिन्छ । यसको स्तर उन्नति एवं पुनर्निर्माण को लागि समवन्धित वडा तथा नगरपालिका ले पनि पहल गरेको पाइदैन ।यता कन्याम भरिका पर्यटकीय स्थल हरुको प्रचारप्रसार गर्दै भौतिक पूर्वाधार निर्माणका लागि नगर तथा वडा सँग योजना माग्ने आफुहरुको योजना रहेको कन्याम पर्यटन संस्था का अध्यक्ष टेकराज गिरी बताउँछन। त्यस्तै पैले जुन संस्थाले उक्त टावर निर्माण गरेको हो त्यो संस्था हाल निस्कृय अवस्थामा रहेको ले त्यसलाई ब्युताएर त्यहि संस्था लाई उक्त टावर मर्मत सम्भारका जिम्मा दिने र त्यसमा आफुहरु  आवश्यक सहयोग गर्ने वडा अध्यक्ष लेखनाथ खड्का बताउछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार