Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पूर्वी इलामको विकासमा योगदान दिएका स्वर्गीय काजि जगत बहादूर लाप्चाको सम्झना

पूर्वी इलामको विकासमा योगदान दिएका स्वर्गीय काजि जगत बहादूर लाप्चाको सम्झना

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन ११ २०७५


पूर्वी इलामको विकासमा योगदान दिएका स्वर्गीय काजि जगत बहादूर लाप्चाको सम्झना

श्रीअन्तु । इलाममा मात्रै बसोबास गर्दै आएका लेप्चा जातिका अगुवा स्वर्गीय काजी जगत बहादूर लाप्चाको स्मृतिग्रन्थको इलामको श्रीअन्तुमा लोकार्पण गरिएको छ । इलामको साविक १६ गाविसमा मात्रै बसोबास गर्दै आएका लाप्चा जातिको उत्थानसँगै विकास निर्माण र शैक्षिक क्षेत्रमा योगदान दिएनुभएका स्वर्गीय जगतबहादूर लेप्चाको स्मृथिग्रन्थको लोकार्पण गरिएको हो ।


स्मृतिग्रन्थ प्रकाशन समितिका संयोजक तथा पुर्व साँसद टिकाराम लाप्चा अध्यक्षतामा भएको कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादूर राई, रोङ गाउँपालिकाका अध्यक्ष समसेर र लाप्चा जातिको संस्कृतिका जानकार युद्धप्रसाद वैद्यले पुस्तकको लोकार्पण गरेका थिए । विक्रिम सम्बत १९८५ मंसिरमा जम्मिएका काजि जगतबहादूर लाप्चा ले साविक श्रीअन्तु गाविसको २३ वर्ष प्रधानपञ्च भई पूर्वी इलामको पूर्वाधार, पर्यटक र शैक्षिक विकासमा काम गरेका थिए । लाप्चा जातिको जातिय संस्था लाप्चा उत्थान मञ्चका संस्थापक काजि जगतबहादूर लाप्चाको २०६४ सालमा निधन भएको थियो ।


स्मृतिग्रन्थ लोकार्पण गर्दै सूर्योदय नगरपालिकाका प्रमुख रणबहादूर राईले पूर्वी इलामको विकास र झापादेखि पहाडी जिल्ला जोड्ने मेचीराजमार्ग निर्माणमा नेतृत्व लिएको बताए । पूर्वी नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको अन्तुको पर्यटन प्रवद्र्धनका लागि स्वर्गिय जगत बहादूरु लाप्चा कै अग्रसरतामा अतु पर्यटन विकास केन्द्र गठन भएर काम भएको पर्यटकविज्ञ धर्म गौतमले बताए ।
नेपालमै लोपोन्मुख जातीको रुपमा रहेको लाप्चा जातिको देशमै एउटा मात्र सङ्ग्रहालय इलामको श्रीअन्तुमा रहेको छ । उक्त सङ्ग्रहालयको स्थापना गर्त स्वर्गीय जगतबहादुरले लाप्चाले नै गरेका थिए । पहिले आफ्नै घरमा सङ्ग्रहालयमा राखिने सामान राखेर सजाएका जगतबहादुरको स्वर्गारोहणपछि हाल श्रीअन्तुकै उत्तरेमा सरकारी सङ्ग्रहालयका लागि भवन बनिएको छ ।


विविध कारणले लामो समयसम्म पनि सङ्ग्रहालय भवन निर्माण कार्य सम्पन्न नभएपनि जगतबहादूर लाप्चाको योगदान संस्कृति संरक्षणमा महत्वपूर्ण रहेको संस्कृतिविज्ञ तथा महेन्द्र रत्न बहुमुखि क्याम्पसका पूर्व प्रमुख युद्धप्रसाद वैद्यले बताए । जगतबहादुरले सङ्ग्रहालयको रुपमा घरमै सजाएका लाप्चा जातिले प्रयोग गर्ने परम्परागत सामाग्रीहरु अहिले पनि सुरक्षित रहेको र इच्छुकले हेर्न सक्ने उनका छोरा वृद्धकाजी लाप्चाले बताए । लाप्चा जातिको उत्थान र सस्कृति संरक्षणका लागि पूर्वी इलामको रोङ गाउँपालिकाले गुरुयोजना निर्माण गरेको अध्यक्ष समसेर राईले बताए।

स्मृतिग्रन्थ लोकार्पण कार्यक्रममा नेपाली काग्रेस सूर्योदय नगरपालिकाका सभापति मणि गुरुङ्ग, समाजसेवी सिताराम नेपाल, जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक युवराज पोखरेल, बुद्धकाजि लेप्चा लगायतले स्वर्गीय जगतबहादूर लाप्चाले २३ वर्ष प्रधानमञ्च भएर पूर्वी इलामको विकासमा गरेका योगदानका बारेमा चर्चा गरेका थिए ।स्मृती ग्रन्थको बिषयमा साहित्यकार तथा पत्रकार जिवन शर्माले समिक्षा गरेका थिए ।

पत्रकार युवराज गौतमले सम्पादन गरेको स्वर्गीय काजी जगतबहादूर लाप्चा स्मृतिग्रन्थ प्रकाशन समुहले सूर्योदय नगरपालिकाका प्रमुख रणबहादूर राई र रोङ गाउँपालिकाका अध्यक्ष समसेर राईलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार