कन्याम । कृषि र पर्यटनको लागि प्रचुर सम्भावना बोकेको एक आकर्षक ठाउँ हो कन्याम । कुनै समय बैदेशिक रोजगार भन्दा अर्को बिकल्प नदेखेका यहाँका युवा हरु बिदेश बाट फर्के पछि भने नयाँ नयाँ क्षेत्रमा हात हाल्न थालेका छन । ती मध्ये धेरैको रोजाइ कृषि व्यावसाय रहेको पाईन्छ । हालका यहाँका युवा किसान हरु तरकारी खेती देखि गाई पालन , कुखुरा पालन तथा बाख्रा पालन सम्म गर्न थालेका छन् ।
ति व्यावसाय हरु यहाँका किसान हरुले आफ्नै निजि लगानीमा स्वतस्फूर्त र परम्परागत रुपले गरिरहेको परिपेक्षमा कन्याम स्थित माथिल्लो टोलका युवा हरु भने कृषि तथा पशुपालन समूह गठन गरि कृषि कर्मलाई अगाडि बढाउने जमर्कोमा लागेका छन् । पढे लेखेका हरुले खेती किसानी गर्नु हुदैन भन्ने मान्यता लाई गलत ठर्हयाउदै कृषि कर्म बाटै आफू र आफ्नो परिवारको जीवनस्तर उकास्ने लक्ष सहित दीर्घायु कृषि तथा पशुपालन समूह गठन गरेका छन् ।
नवगठित समूहलाई चाडै दर्ता प्रक्रियामा लगि अन्य कषि समूह हरु सँग समन्वय गर्दै आपसी सहयोग र साझेदारी का आधारमा चल्ने बताईएको छ ।
समूहले कृषि क्षेत्रमा आत्मनिर्भर बन्न विभिन्न दीर्घकालीन र सामुहिक योजना बनाउदै यसको लागि सरोकारवाला सम्म पुग्ने बताईएको छ ।
नवगठित यस कृषि तथा पशुपालन समूह मा हाल १५ जना कृषकहरु रहेका छन् । जसको अध्यक्षमा बिजय भूजेल उपाध्यक्षमा कमल गिरी सचिवमा गोपाल गिरी सहसचिवमा द्वारिकाप्रसाद पोख्रेल तथा कोषाध्यक्षमा कविता भूजेल रहेका छन भने सदस्यहरुमा कुलचन्द्र पोख्रेल ,सुवास तामाङ ,विशाल भुजेल ,रुपेश भूजेल ,अभिषेक भुजेल ,उर्मिला भट्टराई लगायतका रहेका छन् ।
आज भन्दा झण्डै १० बर्ष अगाडि श्री बाघ ढुङ्गा कृषि समूह गठन गरि कृषि क्षेत्रमा केही गर्न खोजिए पनि आन्तरिक खिचातानी र बिवादले सो समूह संवत्स्बिघटन भएको र त्यै बाट शिक्षा लिदै जागरुक युवाहरु लाई साथ लिई नयाँ कृषि समूह गठन गर्नु परेको सहसचिव द्वारिकाप्रसाद पोख्रेलले बताउनुभयो ।