Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रथम सूर्योदय प्याब्सन कपको उपाधी रोजमेरीलाई

प्रथम सूर्योदय प्याब्सन कपको उपाधी रोजमेरीलाई

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन ६ २०७५


प्रथम सूर्योदय प्याब्सन कपको उपाधी रोजमेरीलाई

फिक्कल । प्रथम सूर्योदय प्याब्सन कपको उपाधी इलाम रोजमेरी इग्लीस स्कुलले हात पारेको छ । सूर्योदय नगर प्याब्सनको आयोजना भएको प्रथम सूर्योदय नगर प्याब्सन कप अन्तरगत आज भएको फाईनल खेलमा पिसल्याण्ड स्कुललाई शुन्यका बिरुद्ध ४ गोलले हराउदै रोजमेरीले उपाधी हात पारेको हो । रोजमेरीले प्रथम सूर्योदय प्याब्सन कपको च्याम्पीयन बन्दै ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

सूर्योदय नगर प्याब्सन अध्यक्ष लार्केल लामाको अध्यक्षता तथा नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नगर प्रमुख राईले खेलकुदको बिकासमा नगरले सक्दो सहयोग गर्ने बताउनु भयो । नगर अध्यक्ष लामाले यस पटकबाट शुरु भएको प्याब्सन नगर कपलाई आगामी दिनमा थप ब्यावस्थित गरिने बताउनु भयो ।

प्रथम सूर्योदय नगर प्याब्सन कपका संयोजक तथा मेरी गोल्ड इग्लीस स्कुलका संस्थापक प्रिन्सीपल दिपक गुरुङले बिद्यार्थीहरुलाई खेल क्षेत्रमा अगी बढाएर खेलकुदको बिकास गर्नका लागि अर्को बर्ष देखि भब्य रुपमा आयोजना गरिने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार