Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा ११ वर्षपछि उच्च हिमपात, सन्दकपरमा ६ फुटसम्म हिमपात

इलाममा ११ वर्षपछि उच्च हिमपात, सन्दकपरमा ६ फुटसम्म हिमपात

  • विवेक घिमिरे
  • आइतबार, माघ २७ २०७५


इलाममा ११ वर्षपछि उच्च हिमपात, सन्दकपरमा ६ फुटसम्म हिमपात

पशुपतिनगर । इलामको हिमाली क्षेत्रमा ११ वर्षपछिकै उच्च हिमपात भएको छ । इलामको पर्यटकीय क्षेत्र मानेभञ्ज्याङ्गदेखि पाँचथरको फालुटसम्मको ४२ किलोमिटर क्षेत्र अहिले हिमपातले सेताम्मे भएको हो । बिहिबार रातिदेखि शुरु भएको सनिवार दिउँसोको वर्षातपछि बाक्लो हिमपात भएको हो ।
वर्षातसँगै भएको हिमपातले इलामको २५ सय मिटरदेखि माथिल्लो क्षेत्र सेताम्मे रहेको सिंहलिला ल्याण्डरोभर एसोसिएसनका अध्यक्ष पासाङ्ग सेर्पाले बताए । ३ हजार ६ सय ३६ मिटरको उचाईमा रहेको पर्यटकीय क्षेत्र सन्दकपुरमा ६ औँ पटक यस वर्ष हिमापात भएको हो । सनिवार भारि वर्षपछि सन्दकपुर पर्यटकीय क्षेत्रमा ६ फिटसम्मको हिमपात भएको पर्यटन व्यवसायी पासाङ डण्डु सेर्पाले बताए ।
प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय क्षेत्र घोषणा भएको सन्दकपुर क्षेत्रमा पर्यटकको सुविधाका लागि चल्दै आएका गाडिहरु सुर्योदय नगरपालिका १ स्थित लामिधुरामै बसेका छन् । पर्यटक लिएर सनिबार साँझ सन्दकपुर जाँदै गरेका गाडिहरु बाक्लो हिमपातका कारण सडकमै अलपत्र परेका ल्याण्डरोभर एशोसिएसनका अध्यक्ष पासाङ्ग सेर्पाले बताए । वर्षातसँगै परेको हिमपातले अहिले इलामको मानेभञ्ज्याङ्ग, लामिधुरा, थुम्के, जौबारी, तुम्लिङ्ग, मेघमा, कालपोखरी, बिखेभञ्ज्याङ्ग, सन्दकपुर र फालुट पर्यटकीय क्षेत्रमा बाक्लो हिमपात परेको माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादूर राईले बताए ।
अध्यक्ष राईका अनुसार तुम्लिङ्ग र जौबारीमा ३ फुटसम्म हिमपात भएको र सन्दकपुरमा ११ वर्षपछिकै बाक्लो हिमपात भएकाले एक सातासम्म पर्यटक हिडडुलमा समस्या हुनेछ । भारतीय सीमा क्षेत्रको सन्दकपुर पर्यटकीय क्षेत्रमा पुगेका पर्यटकहरु बाक्लो हिमपातका कारण हिडडुल गर्न नसेकको र चिसो अत्याधिक भएकाले घरबाहिर सार्वसाधारण निस्कन सकेका छैनन् । भारतीय क्षेत्रमा सिंहलिला नेसनल पार्कको जंगल रहेकाले भारत भएर आउने पर्यटकहरु नेपाली क्षेत्रमा खुलेका होटलहरुमा बास बस्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार