Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चुलाचुलि गाउँपालिकामा निशुल्क वितरण हुने औषधि अभाव

चुलाचुलि गाउँपालिकामा निशुल्क वितरण हुने औषधि अभाव

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ २३ २०७५


चुलाचुलि गाउँपालिकामा निशुल्क वितरण हुने औषधि अभाव

चुलाचुली । इलामको दक्षिणि चुलाचुली गाउँपालिकामा निशुल्क वितरण गरिने औषधि अभाव भएको छ । चुलाचुली गाउँपालिकाको स्वास्थ्य शाखाबाट औषधि खरिदको टेण्डर ढिलो भएपछि एक महिनादेखि निःशुल्क विरतण गरिने औषधिको अभाव भएको हो ।
स्वास्थ्य चौकीमा ३७ प्रकारको औषधि वितरण गरिने भएपनि खरिद प्रक्रिया ढिलो गरिँदा स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । विगतका वर्षहरुमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट औषधि खरिद गरेर स्वास्थ्य संस्थामा वितरण हुँदै आएपनि अहिले प्रत्येक स्थानीय तहमा औषधि खरिद गर्ने बजेटको व्यवस्था गरिएको छ ।
स्थानीय तहलाई औषधि खरिदका लागि बजेट पठाएपनि ढिलो टेण्डर भएका कारण औषधि अभाव भएको हो । स्वास्थ्य संस्थामा जिवनजल, सिटामोल, आइरचक्कि औषधि प्रसस्त भएपनि निःशुल्कमा वितरण हुने एण्टिबायटिक औसधिको अभाव भएको हो । चुलाचुली गाउँपालिकाको ४ वटा स्वास्थ्य चौकी र २ वटा सहरी स्वास्थ्य चौकीमार्फत सरकारले निःशुल्क वितरण गर्ने औषधि सहित बिरामीको उपचार हुँदै आएको छ । चुलाचुली गाउँपालिकामा ६ वटा वडा रहेकोमा वडा नम्बर २ मा गाउँपालिकाको स्वास्थ्य शाखाको कार्यालय रहेको छ ।
स्वास्थ्य मन्त्रालय र जिल्ला जनस्वास्थ्य कार्यालयबाट अघिल्ला वर्षमा स्वास्थ्य केन्द्रहरुबाट औषधि खरिद भएर वितरण हुँदै आएकोमा चालु आर्थिक वर्षदेखि स्थानीय तहमै बजेट व्यवस्था गरेकाले टेण्डर प्रक्रिया शुरु भएकाले चाँडै औषधि वितरण गरिने चुलाचुली गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी दुस्यान्त दाहालले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार