Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्याब्सनका प्रदेश १ का अध्यक्ष युवराज बाशिष्ठलाई सूर्योदय नगर प्याब्सनको शुभकामना

प्याब्सनका प्रदेश १ का अध्यक्ष युवराज बाशिष्ठलाई सूर्योदय नगर प्याब्सनको शुभकामना

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ २३ २०७५


प्याब्सनका प्रदेश १ का अध्यक्ष युवराज बाशिष्ठलाई सूर्योदय नगर प्याब्सनको शुभकामना

फिक्कल । प्याब्सन प्रदेश १ का नवनिर्वाचित अध्यक्ष युवराज बाशिष्ठलाई सूर्योदय नगर प्याब्सनले बधाई तथा शुभकामना दिएको छ ।

प्याप्सन नगर अध्यक्ष लार्केल लामाकोे अध्यक्षता तथा बरिष्ठ गायक गीतकार तथा सगींतकार गणेश रसिकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्याप्सन इलामकै गौरवको रुपमा प्याप्सन प्रदेश नम्बर १ का अध्यक्षमा निर्वाचित बाशिष्ठलाई सम्मान तथा बधाई ज्ञापन गरीएको हो ।

कार्यक्रममा प्याप्सन इलामका अध्यक्ष बिकास कर्मचार्य, सूर्योदय नगरपालिकाका प्रशासकिय अधिकृत खगेन्द्र बर्देवा ,स्रोत व्यत्ति गणेश आचार्य, प्याब्सन इलामका बरिष्ठ उपाध्यक्ष रगुन गुरुङ लगायतको उपस्थीति रहेको थियो ,।
कार्यक्रममा प्यासन नगरकार्यसमितिको तर्फबाट मायाको चिनो सगै सफलकार्यकालको कामना गरीएको प्याब्सन इलामका बरिष्ठ उपाध्यक्ष रगुन गुरुङले जानकारी दिनु भयो ।

कार्यक्रममा प्रमुख अतिथी रसिकले शिक्षा क्षेत्रको महत्वपुर्ण निकाय प्यासनको प्रदेश न १को अध्यक्ष जस्तो पदमा इलामले प्रतिनिधित्व गर्न पाउनु सबैको लागि गौरवको विषय भएको बताउनु भयो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बाषिष्ठले सबै संग सहकार्य गरेर अगाडी बढने बताउनु भयो ।

पिस ल्याण्ड नेशनल एकेडेमीका फाउडर निर्देशक प्रिन्सीपल बाशिष्ठ हालै सम्पन्न प्याप्सन प्रदेश न १ को अधिबेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार