Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुम गाउँपालिका वडा नम्बर चारका युवाहरू जातीय बाजा जोगाउन सक्रिय

फाकफोकथुम गाउँपालिका वडा नम्बर चारका युवाहरू जातीय बाजा जोगाउन सक्रिय

  • लिला सुब्बा
  • मंगलबार, माघ २२ २०७५


फाकफोकथुम गाउँपालिका वडा नम्बर चारका युवाहरू जातीय बाजा जोगाउन  सक्रिय

इलाम । फाकफोकथुम गाउँपालिका वडा नम्बर चार फुएतप्पामा आआफ्नै जातीय परम्परा अनुसारका बाजाहरू लोप हुँदै गएपछि त्यसलाई जोगाउन स्थानीय युवा पिडिहरू अहिले सक्रिय हून थालेका छन् ।
फुएतप्पामा आठ जातीयहरू बसोबास रहेका मध्ये लिम्बु समुदायमा आफ्नो जातीय बाजाहरू लोप हुँदै गइरहेको अवस्थामा संरक्षणको अभियान चलाएका हुन् । आफ्नो जातीय बाजाहरू बचाई राख्न थोक फेला (लालि गुरास) युवा समुह गठन गरी जातिय पोषक र च्याब्रुङ्ग (ढोल) प्रत्येक लिम्बु समुदायहरूको बिवाहमा अनिवार्य गरिएको छ । जातीय बाजा र पोषाक प्रयोग गर्नु र आधुनिक बाजालाई बिस्थापित गर्दै लानु पर्ने संस्थाका पूर्व अध्यक्ष जगत लिम्बु बताउनुभयो ।
थोक फेला (लालि गुराँश )युवा समुहले आफ्नै लगानिमा चार वटा च्याब्रुङ्ग र सात जोर जातीय पोषक खरिद गरीसकेको अध्यक्ष बिर्ख लिम्बुले जानकारी दिनुभयो । महिनामा समुहमा आवद्ध हूनेहरूबाट मासिक पचास रुपैया बचत गरी क्रमश जातीय बाजा र पोषक थप्दै लाने योजना रहेको र हाल समुहमा साठि हजार जम्मा भइसकेको छ । लिम्बु समुदायहरुकोमा बिवाहमा पर्दा बाजा बजाए बापत एउटा च्याबु्रङ्ग पाँच सयको दरले लिने गरेको र बचत रकम मासिक ब्याजमा लगानि गरिँदै आएको अध्यक्ष लिम्बुले बतउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार