Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

विश्व रामसार दिवस पूर्वी पहाडको रामसार क्षेत्र माइपोखरी र उत्तरे पाेखरीमा मनाइयाे

विश्व रामसार दिवस पूर्वी पहाडको रामसार क्षेत्र माइपोखरी र उत्तरे पाेखरीमा मनाइयाे

  • सुजन तिमसिना
  • आइतबार, माघ २० २०७५


विश्व रामसार दिवस पूर्वी पहाडको रामसार क्षेत्र माइपोखरी र उत्तरे पाेखरीमा  मनाइयाे

सुर्याेदय ।   हरेक वर्ष फ्रेब्ब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस यस वर्ष ‘सिमसार तथा जलवायु परिवर्तन’ भन्ने मूल नाराका साथ इलामको रामसार क्षेत्र माईपोखरीमा पनि मनाइएको छ । विश्व सिमसार दिवस सन्दकपुर गाउँपालिकाको वडा नम्बर १ मा रहेको रामसार क्षेत्रमा सुचिकृत माइपोखरीमा अन्तरक्रियका कार्मक्रम आयोजना गरि मनाइएको हो ।
जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यतामा रामसार क्षेत्र माईपोखरीमा विभिन्न प्रजातीका बोटबिरुवा रोपण गरिएको थियो । डिभिजन बन कार्यालय इलाम र सन्दकपुर गाउँपालिकाको आयोजनामा विश्व सिमसार दिवस मनाइएको हो ।
विश्वमै लोपउन्मुख गलैचे झ्याउ, विभिन्न प्रजातीका जडिबुटी, चराचुरुङ्गि र उभयचर पाइने माइपोखरीको संरक्षणका लागि रामसार दिवसमा उपस्थितहरुले जोड दिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले माइपोखरीको सरंक्षण र पर्यटन प्रवद्र्धनका लागि सरकारले लगानी गरिरहेपनि त्यो प्रयाप्त नभएको बताउनुभयो । श्रोत र साधनको अभावमा अघि बनेका कार्यायोजना पूर्ण रुपमा कार्यान्वयन नभएकाले अब तीन तहका सरकारको समन्वयनमा कार्यान्वयनमा जानुपर्नेमा प्रमुख बरालले जोड दिनुभएको थियो ।
सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादूर राईले इलामका खोला तथा सीमसार क्षेत्रको पानीका श्रोत सन्दकपुर गाउँपालिका भएरका त्यसको संरक्षणका लागि उजाड क्षेत्रमा वृक्षारोपणको योजना सहितको कार्यक्रम शुरु भएको बताउनुभयो । इलाम र झापाका उर्भर भुमिहरुलाई सिचाई गर्ने खोला, नदी र सिमसार क्षेत्रसँगै रामसार क्षेत्र माईपोखरी पनि सन्दकपुर गाउँपालिकामा रहेकाले संरक्षण र प्रवद्र्धनका लागि प्रदेश र संघ सरकारसँग पहल गर्ने राईले बताउनुभयो ।
इलामको सन्दकपुर गाउँपालिका प्रदेश नम्बर एकको पर्यटकीय तन्तव्य र माइपोखरी देशभरका सय गन्तव्यस्थलमा घोषित भएकाले पर्यटकीय विकास र प्रवद्र्धनमा सबै मिलेर अघि बढ्नुपर्ने इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनुभयो । डिभिजन वन कार्यलय इलामका डिभिजन प्रमुख श्रीप्रसाद बरालले माइपोखरीको प्रचार र प्रवद्र्धनका लागि बजेट पर्याप्त नभएको बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी नायव उपरीक्षक टंक भट्टराई, राष्ट्रिय अनुसन्धान इलामका प्रमुख तुलसी कट्टेल,वनस्पति अनुसन्धान केन्द्र इलामका प्रमुख मदन कुमार खड्का, नेपाल नाट्य कला संगित प्रतिस्ठानका प्राज्ञ कमल निरौला, सन्दकपुर गाउँपालिका प्रशासकीय अधिकृत महेश राई, सन्दकपुर गाउँ कार्यपालिकाका प्रबक्ता गरिराज खनाले माइपोखरी इलामको मात्रै नभएर प्रदेश नम्बर एकको पर्यटकीय तन्तव्य रहेको बताउनुभएको थियो ।

माईजोगमाईमा सिमसार दिवस 
यस्तै   इलामको माइजोगमाई गाउँपालिकामा विश्व सिमसार दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

उत्तरे सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा र्याली सहित सुरु भएको कार्यक्रम बजार परिक्रमा गर्दै धार्मिक तथा पर्यटकिय स्थल उत्तरे पोखरीमा कोणसभामा परिणत भएको थियो ।

कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि समेत रहेका गाउँपालिकाका अध्यक्ष जित बहादुर राईले माईजोगमाई गाउँपालिकाको पहिचानको रुपमा रहेको उक्त पोखरीलाई विश्व सिमसार सुचीमा सुचिकृत गर्न गाउँपालिका लागि पर्ने बताउनुभयाे ।

जिल्ला वन कार्यालय इलामका प्रमुख सञ्जीवराज ढकालले यस पोखरीको विकासका लागि सबैलाई एकजुट भएर लागि पर्न आग्रह गर्दै यस क्षेत्रलाई सिमसार क्षेत्रमा सुचिकृत गर्न आफूले पनि आवश्यक पहल गर्ने बताउनुभयाे।

उत्तरे पोखरी नजिकै अर्को ठाउँमा पनि पानीको राम्रो व्यवस्था रहेकाले उक्त क्षेत्रमा पनि पोखरी निर्माणका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन  डिपिआर समेत तयार गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रप्रकाश बस्नेतले बताताउनुभयाे । यस कार्यक्रमले उत्तरेपोखरीलाई सिमसार सुचीमा सुचिकृत गर्न सहयोग पुग्ने कार्यक्रममा सहभागीहरुकाे विश्वास रहेको छ ।
कार्यक्रम उत्तरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मिङ्मा तामाङको अध्यक्षता तथा माइजोगमाई गाउँ पालिकाका अध्यक्ष जित बहादुर राईको प्रमुख आतिथ्यतामा समपन्न भएको हो । कार्यक्रममा उत्तरेपोखरी क्षेत्रको सरसफाई समेत गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार