इलाम । २ सय ५० बढी गितमा शब्द, संगीत र स्वर दिनुभएका इलामको अग्रज गायक पुजन प्रधानको छैटौ औँ गिति एल्बम जुनेलीको बिमोचन गरिएको छ । इलामको सूर्योदय नगरपालिका १० फिक्कल बजार स्थायी घर भएका गायक पुजन प्रधानको ८ वटा गित सहित नयाँ एल्बम ‘जुनेली’ बजारमा आएको हो ।
राष्ट्रिय, दोहोरी, सन्टिमेन्टल सहित ८ वटा गित समावेश गरिएको एल्बम ‘जुनेली’ को नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव गणेश रसिक, लोकप्रिय गायक कुबेर राई, समाजसेवी पुष्पलाल जोशि प्रधान, डिल्लिप्रसाद सुवेदी, अग्रज संगितकार राम दियालीले ५० बढी गायक, संगितकार र गितकार र पत्रकारमाझ ‘जुनेली’ एल्बमको एकैसाथ बिमोचन गर्नुभएकोे थियो ।

सुर्योदय नगरपालिकाको फिक्कलमा आयोजीत कार्यक्रममा प्रधानको छैटौ एल्वम बिमोजन गरिएको हो । एउटा राष्ट्रिय गीत र ७ वटा आधुनिक गीत रहेको एल्वम डीआर म्युजीकले बजारमा ल्याएको हो । एल्वममा रहेका ७ वटा गीतमा गायक स्वयमकै शब्द र संगीत रहेको छ भने राष्ट्रिय गीतमा मधुसुधन लामाले संगीत गर्नु भएको छ । पुस्पलाल जोसीको अध्यक्षता तथा संगीतकार गायक गणेश रसिकको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सष्ट्राहरुले गीत संगीतको उर्वर भुमीमा बसेर सिर्जना गरिएका गायक प्रधानका सबै गीत समसामयीक र मर्मस्पर्सी भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै संगीतकार तथा कार्यक्रमका प्रमुख अतिथि रसिकले सबैको जिवन जगतमा संगीत अपरिहार्य रहेको बताउनु भयो । उहाँले गीत संगीतको बिकास राज्यले गर्ने नभई स्वयम कलाकारले गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा बरिष्ठ संगीतकर्मी राम दियालीले बिगतको सम्झना गराउदै साहित्य संगीतमा दार्जिलिङको प्रभाव सबै भन्दा बढी सुर्योदय नगरपालिकामा पर्ने भएकाले सुर्योदय कलाकारको उर्वर भुमी बनेको बताउनुभयो ।

संगीतकार मानसिंह थुलुङले श्रष्टाहरुले एल्वम निकालेर काठमाण्डौमा मात्र बिमोचन गर्ने चलन रहेकोमा प्रधानले स्थानीय ठाउमै एल्वम बिमोचन गरेर राम्रो कामको शुरुवात गरेको बताउनुभयो । शिक्षा क्षेत्रका अग्रज ब्यत्तित्व डिल्ली सुवेदीले स्थानीय क्षेत्रमा उत्पादन भएका गीत संगीतले सामाजिक परम्परा संस्कार संस्कृतिको जर्गेना गर्न सहयोग पुगेको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ इलामका उपाध्यक्ष सुजन तिम्सीनाले कलाकारिताको बिकासमा स्थानीय सरकारले समेत ध्यान दिर्नु पर्ने बिचार राख्नु भएको थियो । कलाकारहरुले संयुक्त रुपमा एल्बम बिमोचन गरेपछि गायक प्रधानले सबैको साथ सहयोगले आफुले एल्वम बजार सम्म ल्याउन सफल भएको बताउनुभयो ।
कार्यक्रममा गायक पुजन प्रधान , रगुन गुरुङ्ग, कुबेर राई, भुपेन्द्र राई , लेखु विवस चन्दन किसोर लिम्बु , कमल राई छिमेकी देश भारतको मिरिकका कलाकार भावना थापा लगायतले प्रधानसंग जोडीएका गीत प्रस्तुत गर्नु भएको थियो ।
बिस २०१९ सालमा फिक्कलमा जन्मुभएका प्रधानका यस अघि माईवेनी मेला,कोसीस, परिकल्पना, रिप्लाई ,चिनो एल्वम बजारमा आईसकेका छन् । संगितकार तथा गायक पुजन राईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा बरिष्ठ संगितकार गणेश रसिकले कला क्षेत्रको विकासका लागि सरकार आस नगरि सष्ट्रा आफै जाग्नुपर्ने बताउनुभयो । प्रधानले २०४२ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गर्नुभएको थियो ।