झापा । मेची नगरपालिका काकरभीट्टा कलेजमा प्रदेश नं. एक कराते ब्लाक बेल्ट 1st,2nd र 3rd जुनीयर तथा सिनीयर ग्रेडिङ्ग माघ एघार गते देखि शुरु भएकाे छ। झापा,इलाम ,तेह्रथुम,मोरङ्ग, सुनसरी ,धनकुट्टा गरी जम्मा दुइ सय पचास जना कराते खेलाडिहरू ग्रेडिङ्ग मा सहभागी भएकाे ग्रेडिङ्गका प्रशीक्षक बिष्णु नेम्बाङ्गले जानकारी दिनुभको थियो। ग्रेडिङ्ग को दोस्रो दिन नेपाल ओलंपिक कमिटिका बर्तमान अध्यक्ष पुणिन्द्र बिक्रम लाखेको प्रमुख अथिती द्धारा दुइ दश पछि कराते खेलमा फर्किएका इलाम ,झापा काठमाण्डाैँ का चार खेलाडि कमल राई, लिला सुब्बा ,भक्त लिम्बु र सर्गम मिस्रलाई दोषला अेाडाई सम्मान गरिएको थियो।