कुटिडाँडा । आठौँ राष्ट्रिय खेलकुदमा तेक्वान्दो खेलमा इलामबाट सहभागि हुने खेलाडी छनौट भएका छन् । इलामको रोङ गाउँपालिका स्थित कुटिडाँडामा जिल्ला खेलकुद विकास समिति र जिल्ला तेक्वान्दो संघको संयुक्त आयोजनामा खेलाडी छनौट गरिएको हो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वृहस्पति उपरकोटिको प्रमख आतिथ्यतामा भएको खेलाडि छनौट कार्यक्रमबाट दूई बिधामा गरि २० जना खेलाडि छनौट भएका छन् । तेक्वान्दो प्रतियोगिताको गेरुगी (फाइट) मा १४ जना र पुम्से (कला) विधामा ६ जना खेलाडि छनौट इलाम जिल्लाबाट भएका हुन् । तेक्वान्दो प्रतियोगिताको गेरुगी (फाइट) विधातर्फ ज्ञान गड्तौला, विनोद मुखिया, मिलकुमार सेर्मा, लोकेन्द्र तामाङ्ग, दावा लामा, अभिनास गुरुङ्ग, सन्तोस राई, करिना प्रधान, सान्ता खवास, झुमा प्रधान, छुनु राई र कुशुम मगर रहेका छन् । यस विधामा ५ जना महिला र ८ जना पुरुष छनौट भएको जिल्ला खेलकुद विकास समितिको तेक्वान्दो साहायक प्रशिक्षक कुमारी राईले बताउनुभयो ।
यसैगरि पुम्से विधातर्फ प्रश्ना राई, प्रज्ञा राई, खुस्बु सुब्बा, गौरब सिवा, गणेश सिवा र सन्देश गड्तौला खेलाडी छनौट भएका छन् । छनौट हुनेमा ५४ केजिदेखि ७८ केजि माथिका पुरुष खेलाडी र ४६ केजिदेखि ८४ केजिमाथिका पहिला खेलाडी रहेका छन् । प्रशिक्षक हरि भुजेल, होम दुलाल, दिपेन दनुवार, पर्शुराम भण्डारी, लक्ष्मी राजवंसि र साहायक प्रशिक्षक बुद्धिराज भुजेलले एक सय २० बढी खेलाडीबा २४ जना छनौट गर्नुभएको हो ।