फिक्कल । उत्पादनको पर्याप्त संभावना भएपनि निबाहमुखी खेती हुन नसकेको बेलामा सुयोदय नगरपालिका वडा नं ९ का गंगा महतले भने आफु र गाँउ छिमेकको लागी पुग्ने तरकारी उत्पादन गरेका छन । फिक्कल माध्यमिक बिद्यालयका प्रधानाध्यापक समेत रहेका महतले एक बर्ष अघिदेखी करेसामा रहेको डेढ रोपनी जग्गामा तरकारी खेती थालेका हुन । उनले आफुलाइ चाहिने जति तरकारी आफै उत्पादन गर्ने गरेको र आफ््ना छिमेकी केही घरलाइ समेत तरकारी निःशुल्क दिने गरेका छन ।
उनले एक बर्ष अघि २ लाख २५ हजारको लगानीमा टनेल निमार्ण गरेर बेमौसमी तरकारी खेती थालेका हुन । बढदो बिषादीको प्रयोगले मानवस्वास्थ्यमा जोखिम देखिन थालेपछि आफनो लागी तरकारी आफै उत्पादन गरेको उनले बताए । ‘स्वास्थ्य जोखिम र पैसाको बचतका लागी आफैले बिहान बेलुकाको समयको उपयोग र अर्गानिक तरकारी खेती गर्ने गरेको छु ।’ उनले भने । अहिले पनि महतको उक्त टनेलभित्र मटर, काउली , अकबरे खुसानी, टमाटर लटरम्म फलेको देख्न सकिन्छ ।