Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

डा केसीलाई इलामबाट काठमाडौं लगियो, शिक्षण अस्पतालको आइसियूमा उपचार हुँदै

डा केसीलाई इलामबाट काठमाडौं लगियो, शिक्षण अस्पतालको आइसियूमा उपचार हुँदै

  • सन्देश सम्वाददाता
  • शुक्रबार, माघ ४ २०७५


डा केसीलाई इलामबाट काठमाडौं लगियो, शिक्षण अस्पतालको आइसियूमा उपचार हुँदै

इलाम । चिकित्सा शिक्षाको विषयलाई लिएर १६औँ पटक अनशनमा बसेका डा। गोविन्द केसीलाई इलामबाट काठमाडौं लगिएको छ । पुस २५ गतेदेखि इलाममा अनशन थालेका डा। केसीको स्वास्थ्य अवस्था गम्भीर भएसँगै बिहीबार राति नै काठमाडौं लगिएको हो । डा। केसीलाई नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरमा काठमाडौं लगिएको हो ।
उनलाई झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं लगिएको हो । यसअघि उनलाई इलामस्थित अनशनस्थलबाट एम्बुलेन्समा भद्रपुर लगिएको थियो । डा। केसीलाई राति काठमाडौं लग्ने क्रममा स्वास्थ्य निगरानीका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुईजना विशेषज्ञ चिकित्सक पनि साथमा गएका थिए । डा। केसीको काठमाडौं ल्याएर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखेर उपचार भइरहेको छ। उनलाई आइसियूमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार