इलाम । ९ दिनदेखि इलाममा अनशनरत डा. गोविन्द केसीको अनशनमा ऐक्यवद्धता जनाउन पूर्वप्रधानन्यायधीश सुशीला कार्कीसहितका नागरिक अगुवा इलाम आउदैछन् ।
टोलीमा कार्कीसहित पूर्व सभामुख दमननाथ ढुंगाना, त्रिवि पूर्व उपकूलपति केदारभक्त माथेमा, अधिवक्ता सुरेन्द्र भण्डारी र डा.अभिशेक सिंह सहभागी हुनुहुन्छ । उहाँहरुले अनशनस्थल आएर ऐक्वद्धता जनाउने, चिकित्सकसँग भेटेर स्वास्थ्य अवस्था बुझ्ने लगायतका कार्यक्रम रहेको जानकारी डा. सिंहले दिए ।
यसअघि कार्कीसहितका अगुवाले विज्ञाप्तिमार्फत् सरकारको ध्यानाकर्षणसमेत गराएका थिए । हिजो नै बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बिशेषज्ञ टोलीले डा. केसीको स्वास्थ्य अवस्था परिक्षण गरि सुिवधा सम्पन्न आई सी यू अथवा सि सि यू भएको अस्पताल सार्न सुझाव दिएका थिए । तर डा. केसीले अन्यत्र सर्न मानेका छैनन् ।