Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चौथो अन्तराष्ट्रिय योग दिवस सूर्योदय नगरपालिकामा सम्पन्न

चौथो अन्तराष्ट्रिय योग दिवस सूर्योदय नगरपालिकामा सम्पन्न

  • संगीता थामी
  • मंगलबार, माघ १ २०७५


चौथो अन्तराष्ट्रिय योग दिवस सूर्योदय नगरपालिकामा सम्पन्न

फिक्कल । चौथो अन्तराष्ट्रिय योग दिवश इलामको सूर्योदय नगरपालिकामा सम्पन्न भएको छ । मेची अञ्चल आयुर्वेद औषधालय आइतबारेको आयोजनामा चौथो योग दिवश सम्पन्न भएको हो ।
सुर्योदय नगरपालिकाका सभाहलमा सम्पन्न योग दिवस कार्यक्रममा पतञ्जली योग पिठ झापाका पूर्व उपाध्यक्ष तथा बरिष्ठ योग प्रशिक्षक कैलाश कुमार डाँगिले सहभागिलाई योग प्रशिक्षण दिनुभएको थियो । ग्रामीण क्षेत्रमा पनि योगको प्रशिक्षण र प्रचारप्रसार गरेमा नागरिक स्वस्थ्य हुने भएकाले सरकारी र गैरसरकारी निकायबाट योगका प्रशिक्षणहरु संचालन गर्नुपर्ने सहभागिले जोड दिएका थिए ।
सूर्योदय नगरपालिका क्षेत्रमा रहेका सरकारी कार्यालय,सुरक्षा निकाय,संचारकर्मी र उद्योगी सहभागि योग दिवस कार्यक्रममा दैनिक रुपमा मानिसलाई आवश्यक पर्ने योगआशन, सुर्य नमस्कार लगायतका आशनका बारेमा जानकारी गराइएको मेची अञ्चल आयुर्वेदिक औषधालयका प्रमुख खगेन्द्र पौडेलले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार