Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

डा केसीको उपचारका लागी विपी प्रतिष्ठानको विशेषज्ञ टोली इलाम आउन निर्देशन कुर्दै

डा केसीको उपचारका लागी विपी प्रतिष्ठानको विशेषज्ञ टोली इलाम आउन निर्देशन कुर्दै

  • सन्देश सम्वाददाता
  • मंगलबार, माघ १ २०७५


डा केसीको उपचारका लागी विपी प्रतिष्ठानको विशेषज्ञ टोली इलाम आउन  निर्देशन कुर्दै

इलाम । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञ टोली इलाम जान तयारी अवस्थामा रहेको छ । प्रतिष्ठानका निर्देशक गौरिशंकर शाहकाअनुसार विशेष विशेषज्ञको चिकित्सकीय टोली इलाममा अनसनरत चिकित्सक गोविन्द केसीको स्वास्थ्य उपचारका लागि जाने तयारीमा छ ।
तर, नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले कति खेर जाने निर्देशन दिन्छ सोहिअनुसार आफु तयारी भएको शाहले लोकल सन्देशलाई जानकारी दिए । ‘हामी मन्त्रालयको निर्देशन मात्र कुरीरहेका छौं, अरु सम्पुर्ण तयारी सकिएको छ । मन्त्रालयबाट निर्देशन नआए नैतिकताका आधारमा कुनै पनि समयमा हामी इलाम जान्छौ ’ उनले भने । तर, मन्त्रालयको निर्देशन आउने बुझेर नै टोली तयारी अवस्थामा रहेको स्रोतले बताएको छ । डा केसीका लागी भनेर आइसियुमा एउटा वेड समेत राखिसकिएको शाहले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार