Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बिक्रिम सम्बत १७५० सालदेखि लाग्न शुरु माईबेनी मेलामा भक्तजनहरुको भिड

बिक्रिम सम्बत १७५० सालदेखि लाग्न शुरु माईबेनी मेलामा भक्तजनहरुको भिड

  • सुजन तिमसिना
  • मंगलबार, माघ १ २०७५


बिक्रिम सम्बत १७५० सालदेखि लाग्न शुरु माईबेनी मेलामा भक्तजनहरुको भिड

इलाम । पराम्परागत रुपमा हरेक माघे सङ्क्रान्तिको अवसरमा इलामको माई र जोगमाई नदीको सङ्गमस्थल त्रिवेणीमा लाग्दै आएको माईबेनी मेला शुरु भएको छ ।
माघे सङ्क्रान्तिको दिन आज बिहानै देखि बेनीमा मकर नुहाउनेको भिड लागेको छ । इलाम नगरपालिका १० र माईजोगमाई गाउँपालिका ४ को संगम स्थलमा बिभिन्न कार्यक्रम सहित मेला शुरु भएको हो । संगम स्थलमा रहेको शिवालय धाममा बिहानै देखि भक्तजनको घुईचो लागेकोे छ । माघ १ गते माई र जोगमाईको सङ्गमस्थलमा मकर नुहाएर त्यहाँको शिवालयको दर्शन गरेमा चिताएको पुग्ने विश्वासका साथ यहाँ यो बेला धेरै धर्मावलम्बीहरु आइपुग्छन् ।
माईबेनी मेला भर्न इलाम जिल्लाका विभिन्न ठाउँका धर्मावलम्बी साथै छिमेकी भारतको दार्जि्लिङ, सिक्किम, असाम लगायतका स्थानबाट पनि यो मेलामा भक्तजनहरु आउने क्रम जारि रहेको छ । त्यसरी भारतीय क्षेत्रबाट आउने भक्तजनहरु पनि माईबेनीमा रात बास बसेर मकर नुहाइ शिवालयको दर्शन गरेर मात्र फर्किने गरेको आयोजक समितिका सदस्य भक्त लुंगेलीले जानकारी दिनु भयो । आयोजकले यसपटक फुटवल ,झाँकी सहितका सांकृतिक कार्यक्रम समेत आयोजना गरेको छ ।
एक हजारको हाराहारीमा बिभिन्न पसल मेलामा संचालन गरिएको छ । करिव डेढलाख पर्यटक भित्रिने आयोजकले जनाएको छ । मेलामा उखु र तरुलको ब्यापार समेत हुने गरेको छ । माईबेनी मेलामा मकर नुहाएर शिवालय धाममा दर्शन गर्ने धर्मावलम्बीका लागि विशेष ब्यवस्था गरिएको जनाइएको छ । पुष ३० देखि माघ ३ गतेसम्म आयोजना गरिएको मकर मेलामा नेपाल, भारत र भुटानका डेढ लाख भक्तजनहरुले भ्रमण गर्ने अनुमान गरिएको छ । मेलामा स्थानीय परिकारहरुको खान, कन्दमुलहरुको परिकार, जातिय संस्कार अनुसारको सस्कृति र खानपान चाख्न पाइनेछ । मेलामा ३ करोड बराबरको कारोबार हुने आयोजक समतिका सदस्य भक्त लुङ्गेलीले बताउनुभयो । बेनी मेला बिक्रिम सम्बत १७५० सालदेखि लाग्न शुरु गरिएको अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार