इलाम । इलाममा अनसनरत डा गोविन्द केसीलाई तत्काल सघन उपचार कक्ष९आइसियूमा राख्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
डा।केसी स्वास्थ्य अवस्था जटिल बनेपछि इलाम जिल्ला अस्पतालको बिशेष कक्षमा उपचार भइरहेको छ। डा केसिकाे मुटुको चाल घट्दा ३४ सम्म र बढ्दा २ सय ४० सम्म पुग्ने गरेको छ।
उहाँलाई तत्काल आईसियूमा नराखे जे पनि हुन सक्छ’, इलाम जिल्ला अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा। विजेन्द्रकुमार शाहले भन्नु भयो । तर, इलाममा आईसीयू सेवा छैन । डा केसीले पनि आईसीयूमा बस्ने गरी अन्यत्र जान नमान्नु भएको उहाका सहयोगी देवराज भारध्वले जानकारी दिनु भयो ।
छिमेकी जिल्ला झापामा मात्र आईसियू कक्षको व्यवस्था छ। अनसनको छैटौँ दिन डा केसीमा निमोनियाँसँगै पेट पोल्ने, छाती दुख्ने लगायत समस्या देखिएको छ । स्वास्थ्य क्षेत्र सुधार, गत साउन १० को सरकार संगको सम्झौता कार्यान्वयन सहितका ६ बुँदे माग राखेर गत २५ गते देखि इलाममा अनसनरत हुनुहुन्छ । स्वास्थ्यमा समस्या भएपछि उहालाई हिजाे बिहान फुलगाछीबाट जिल्ला अस्पताल सारिएको थियो ।