Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको चुनावी माहोल तात्दै ।

इलामको चुनावी माहोल तात्दै ।

  • नमीन ढकाल
  • बुधबार, जेष्ठ २४ २०७४


इलामको चुनावी माहोल तात्दै ।

इलाम,  । स्थानीय तहको निर्वाचन दुई चरणमा हुने भएपछि सुस्ताएको इलामको चुनावी गतिविधि असार १४ नजिकिएसँग पुन सुरु भएको छ । प्रथम चरणको निर्वाचन परिणामपछि जिल्लाको गाउँगाउँमा निर्वाचन अभियान फेरि सुरु भएका हुन । स्थानीय उम्मेद्वार औपचारिक÷अनौपचारिक रुपमा आफूलाई मतदान गर्ने मतदाताको घरदैलोमा पुगि रहेका छन् । गाउँको चिसा पसल, चोकदेखि बजारसम्म चुनावका विषयमा छलफल हुन थालेका छन् । निर्वाचनको मिती नजिकिएसँगै राजनीतिक दलका नेता कार्यकर्ताहरूको चुनावीसभा पनि भइरहेको छ । कसरी हुन्छ, मतदातालाई रिझाउन स्थानीय उम्मेद्वारले घरदैलो थालेका हुन । इलाममा नेपाली काँग्रेस र नेकपा एमालेले १० वटै स्थानिय तहका प्रमुख÷ उपप्रमुखको उम्मेदवार तय गरेर आफना चुनावी गतिविधीहरुलाई तिव्रताका साथ अघि बढाइरहेका छन । गाँउ नगरका चोकहरु राजनितिक दलका झन्डाहरुले रंगिचंगी बनेका छन । यता माओवादी केन्द्रले ९ स्थानिय तह र नयाँ शक्तीले ४ स्थानिय तहका प्रमुख÷ उपप्रमुखसँग केही वडाका उम्मेदवारहरु समेत तय गरिसकेका छन । उम्मेद्वार छनौट गर्न नसकेका दलहरु अनौपचारिक रुपमा मात्र घरदैलो गरिरहेका छन । ४ नगरपालिका, ६ गाउँपालिका रहेको इलाममा २० जना प्रमुख÷उपप्रमुख एवम ८१ वडा अध्यक्ष सहित ४ सय २५ जन प्रतिनीधि निर्वाचित हुने छन ।

प्रचार सामाग्री बनाउनेलाई पनि भ्याइनभ्याइ
निर्वाचनको मिती नजिकिएसँगै राजनीतिक दलका नेता कार्यकर्ताहरूलाई मात्रै होइन आर्ट र प्रेस व्यवसायीहरुको पनि धपेडी सुरु भएको छ । चुनावी प्रचारका सामग्री बनाउनेहरूलाई अचेल भ्याइनभ्याई छ । झन्डा, तुल, ब्यानर तथा पर्चा, पम्प्लेट बनाउनेहरू अचेल दिन रात नभनी काममा व्यस्त हुने गरेका छन् ।
इलाम सदरमुकाममा रहेका अाधा दर्जनभन्दा बढी लेखाइ तथा छपाइका व्यवसायीहरू अचेल साँझ–बिहान नभनी दलहरूका प्रचार सामग्री बनाइ छन् ।
इलाम बजारमा इलाम आर्ट संचालन गर्दै आएका विक्रम राई १ महिनादेखि खाना र आरामको दैनिकीसमेत छाडेर चुनावी सामाग्री तयार गर्नमा व्यस्त हुनुपरेको बताउछन । उनि भन्छन, “अहिले खाना बस्नको कुनै टुंगो छैन, झन्डा र ब्यानर बनाउननै भ्याइनभ्याई छ ।’ छापाखानाहरू पनि घोषणापत्र, पम्प्लेट, पर्चा तथा अपिल छाप्न व्यस्त छन् ।

आचारसंहिता उल्लंघन गर्दै राजनितिक दल
इलामका राजनीतिक दलहरुले आचारसंहिता उल्लंघन गर्दै चुनाव प्रचारपसारका कार्यक्रमहरुलाई तिव्रता दिएका छन । राजनीतिक दलले चुनावी प्रचारप्रचारको काममा झोला, भेष्ट, टोपी जस्ता सांकेततिक सामाग्रीहरुको प्रयोग व्यापक रुपमा भइरहेको छ । निर्वाचन आयोगले गत बैशाख १४ गते क्षेत्रिय निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालयहरुलाई सांकेतिक सामाग्रीको प्रयोग नगराउन परिपत्र गरको थियो । त्यस्तै सार्वजनिक स्थानमा झन्डा र चुनाव प्रचारका सामाग्रीहरु राख्न राजनितिक दलहरु विच होडबाजी भइरहेको छ । निर्वाचन आचरसंहिता २०७२ को परिच्छेद २ को ४ नम्बर ‘झ’ मा निर्वाचन सम्बन्धी प्रचारप्रसारको लागि धार्मीक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायतको कुनैपनि सार्वजनिक स्थलमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने उल्लेख छ । चुनावका प्रचारका लागी इलाम चोक बजारमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, संघिय समाजवादीका झन्डाहरु लहराउन थालेका छन । दलहरुले आचारसंहिता उल्लंघन गरेको हालसम्म उजुरी नपरेका कारण निर्वाचन कार्यालयले हटाउन नसकेको जिल्ला निर्वाचन अधिकारी प्रेम प्रसाद काफलले बताए ।
निर्वाचन कार्यालयको तयारी तिव्र ।
निर्वाचनको मिती नजिकदै गएसँगै जिल्ला निर्वाचन कार्यालयले आफनो काम तिव्र रुपमा अघि बढाउदै लगेको छ । कार्यालयले मंगलबार सरोकारवालाहरुसँगको निर्वाचन आचासंहिता र विद्यालय शान्ति क्षेत्र र स्थानिय तहको निर्वाचनमा बाल अधिकारको अनुगमन सम्वन्धी अन्तरक्रिय गरेको छ । कार्यालयले निर्वाचन आचारसंहिता २०७३ र विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन २०६८ लगायतका प्रावधानहरुको पालना गर्दै दलगत राजनैतिक गतिविधी तथा निर्वाचन सम्वन्धी कार्यमा बालबालिका र विद्यालयलाई प्रयोग नगरी बाल अधिकार संरक्षण गर्न पहल गरेको छ । आचारसंहिता उल्लंघन भएको अवस्थामा निर्वाचन आयोगले एक लाख रुपैयासम्म जरिवाना तथा उम्मेद्वारी रद्ध सम्म गर्न सक्ने प्रावधान रहेकाले सवै राजनितिक दलहरुलाई आचारसंहिता पालन गर्न निर्वाचन कार्यालयले आग्रह गरेको छ । कार्यालयले १० ओटै स्थानिय तहको निर्वाचन कार्यालयमा आवश्यक सामाग्री पठाउने तयारी भइरहेको सहायक निर्वाचन अधिकारी खेम राईले बताए ।
निर्वाचन कार्यालयले इलाम नगरपालिका–५ बरबोटे र इलाम नगरपालिका– ९ भञ्ज्याङमा नमुना मतदान सम्पन्न गरी देउमाइ नगरपालिका र इलाम चोक बजारमा नमुना मतदानको तयारी गरिरहेको छ । जिल्लाका १४४ मतदान स्थलमा २४४ जना निर्वाचन शिक्षा कार्यकर्ता परिचालन गरिसकिएको राईले बताए । जेठ २८ गते निर्वाचन कार्यालयले ५५० बढी मतदान अधिकृत, सहायक मतदान अधिकृत, गणना कर्मचारीहरुलाई निर्वाचन लक्षित तालिमको आयोजना गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार