Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पत्रकारले सबै क्षेत्रको समाचार खुलेर लेख्न सक्नुपर्छ : जिसस प्रमुख गणेश बराल

पत्रकारले सबै क्षेत्रको समाचार खुलेर लेख्न सक्नुपर्छ : जिसस प्रमुख गणेश बराल

  • सुजन तिमसिना
  • आइतबार, पौस २२ २०७५


पत्रकारले सबै क्षेत्रको समाचार खुलेर लेख्न सक्नुपर्छ : जिसस प्रमुख गणेश बराल

इलाम ।  जिल्ला समन्वय समिती इलामका प्रमुख गणेश बरालले सामाजिक रुपान्तरणमा पत्रकारिता क्षेत्रले खेलेको भुमिका सराहनिय भएकाले देशको सवृद्धिका लागि खुलेर लेख्नुपर्ने बताउनुभएको छ । इलामको सुर्योदय नगरपालिका १० स्थित फिक्कलमा आयोजित ७ दिने आधारभुत समाचार लेखन तालिमको समापन समारोहमा बोल्दै बरालले मुलुक संघियतामा प्रवेश गरेपछि बनेका सरकारको गतिविधीलाई पत्रकारले खबरदारी गर्दै समृद्धि तर्फ उन्मुख गराउनुपर्ने बताउनुभएको हो । वहाँले ग्रामिण क्षेत्रमा रहेको समस्या र अवसरलाई उजार गर्दै गाँउ क्षेत्रको विकासमा लागी पत्रकारको कलम चल्नुपर्नेमा जोड दिनुभयो । स्थानिय तहलाई समन्वय गरेर विकास अगाडी बढाउने जिल्ला समन्वय समिती अधिकार विहिन भएकाले नाममै मात्र सिमित भएपनि अनुगमनका काम अघि बढाउनुपर्ने बरालले बताउनुभयो ।
कार्यक्रमका बिषेश अतिथि तथा राष्ट्रिय समाचार समिती संचालक समिति सदस्य दयाराम दाहालले अबको पत्रकारिता व्यवसायमुखी हुनुपर्नेमा जोड दिनुभयो । वहाँले देशको चौथो अंगको रुपमा कहलिएको पत्रकारिता क्षेत्रले समाज परिर्वतनमा भुमिका खेल्दै व्यवसायिक बन्न सकेको खण्डमा मात्र मिडिया र पत्रकारले बाच्ने परिस्थिती बन्ने बताउनुभयो । पत्रकारिता क्षेत्रमा समाचार सार्ने प्रवृती मौलाउदै जाने हो भने पत्रकारिता क्षेत्र नै समस्यामा पर्ने देखिएकाले नियमनकारी निकायको आवश्यक्ता रहेको वहाँले बताउनभयो । लेखिएका समाचार मध्ये ९० प्रतिशत सार्ने प्रवृती देखिएकाले अपेक्षा अनुसार पत्रकारहरुको स्तर बृद्धि हुन नसकेकोमा दाहालले त्यसलाई दण्डनिय बनाउन नियमकारी निकायको आवश्यकता पर्ने बताउनुभयो ।


रेडियो बुद्धवाणी एफएम, स्थानिय सन्देश साप्ताहिक र लोकल सन्देश डटकमको संयुक्त आयोजनामा भएको तालिममा ३५ भन्दा बढी प्रशिक्षार्थी पत्रकारहरुको सहभागीता रहेको थियो । तालिम समापन समारोहमा फिक्कल क्षेत्रमा रहेर लामो समयदेखी पत्रकारिता क्षेत्रमा कलम चलाएका अग्रज पत्रकार नेपाल पत्रकार महासंघ इलामका सल्लाहकार प्रभाकर प्रधान र अग्रज पत्रकार हरिप्रसाद लुइटेललाई सम्मान गरिएको छ । सम्मानित व्यक्तीत्वहरुलाई प्रमुख अतिथी बरालले दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो । तालिम संचालनका लागी सहयोग गरेको भन्दै फिक्कल माध्यमिक विद्यालयलाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो ।


कार्यक्रममा सुर्योदय टि एसोसिएनका सचिव गोपाल कट्टेल, फिक्कल खानेपानी तथा सरसफाइ समितीका अध्यक्ष दुर्गा बराल, शसस्त्र प्रहरी सिमा सुरक्षा बल पशुपतीनगरका प्रहरी निरिक्षक शसांक कार्की, शसस्त्र प्रहरी बल आइतबारेमा प्रहरी निरिक्षक भोला खत्री, इलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी नायव निरिक्षक शंकर अधिकारी, आदिवासी जनजाती महासंघ सुर्योदय नगर परिषदका अध्यक्ष सोनाम योल्मोले पत्रकारीता क्षेत्रलाई बनियो बनाउनका लागि संचारमिडिया आफै सक्रिय भएको खशि व्यक्त गर्नुभएको थियो ।


तालिममा प्रशिक्षार्थीहरु धमप्रसाद जवेगु र प्रिया राई, प्याव्सन इलामका बरिष्ठ उपाध्यक्ष रगुन गुरुङ, नेकपाका प्रविन तिमसिना, संघिय समाजवादी फोरम सुर्योदय नगर सचिव सुवास चौरासे, प्रेस युनियन इलामका अध्यक्ष विप्लब भट्टराई, आदिवासी जनजाती पत्रकार महासंघ इलामका अध्यक्ष राम योङहाङ, पत्रकार महासंघ इलामका सदस्य विनय तिम्सिनाले पत्रकारीता क्षेत्रलाई व्यवसायीक वनाउन राज्यका निकायले समेत सहयोग गर्नुपर्ने बताउनुभएको थियो । ग्रामिण क्षेत्रमा रहेको समस्या र अवसरलाई उजागर गर्ने उद्धेश्यका साथ तालिम आयोजना गरिएको थियो । रेडियो बुद्धवाणी एफएमका अध्यक्ष दिनेश महतको अध्यक्षतामा भएको तालिमका सहभागीहरुलाई स्थानिय सन्देश साप्ताहिकका प्रधान सम्पादक तथा नेपाल टेलिभिजनका उत्कृष्ट पत्रकार सुजन तिमसिना, गोरखापत्र दैनिकका प्रेम अधिकारी र ग्रामिण क्षेत्रमा क्रियाशिल पत्रकार गोविन्द पौडेलले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार