इलाम । विद्युत चुवाहट नियन्त्रण अभियानबाट नेपाल विद्युत प्राधिकरण इलाम शाखाले ४० लाख बढी पुरानो बक्यौता महसुल संकलन गरेको छ । लामो समय विद्युत महसुल संकलन नतिर्ने ग्राहाकको लाइन काटेर र जाम भएका मिटरहरु परिवर्तन गरि विद्युत पुरानो बक्यौता सकंलन गरेको हो । प्राधिकरणको नियमावलि अनुसार मिटर रिडिङ्ग भएको ६० दिनसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्ने व्यवस्था अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा ३ सय ४ जना ग्राहाकको लाइन काटेको थियो ।
आर्थिक वर्ष २०७३÷०७४ मा बाँकि बक्यौता २ करोड १५ लाख ३४ हजार २ सय ५ रहेकोमा ३ सय ४ जनाको लाइन काटेर ४ लाख २१ हजार ६ सय १ रुपैँया संकलन गरेको हो । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले आर्थिक वर्ष २०७४÷०७५ मा उठाउनुपर्ने बाँकि बक्यौता रकम १ करोड ५१ लाखमा झारेको थियो । २०७४÷०७५ मा ६ सय ९८ जना ग्राहाकको लाइन काटेर ३६ लाख ८५ हजार २ सय ५२ रुपैयाँ बक्यौता उठाएको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रबिनबाबु घिमिरेले बताउनुभयो । लाइन काट्ने र बाँकि बक्यौता रकम उठाउने कामलाई तिब्रता दिएपछि औँसत बिल तिर्ने अवधि छोट्टिएको छ ।
आर्थिक वर्ष २०७३÷०७४ मा ग्राहाकले विद्युत रिडिङ्ग गरेको ४२ दिनमा महसुल तिर्दै आएकोमा आर्थिक वर्ष २०७४÷०७५ मा ३२ दिनमा झरेको हो । प्राविधिक र अप्राविधिक चुवाहट रहने विद्युत क्षेत्रमा प्राधिकरणले प्राविधिक चुवाहट नियन्त्रणको कामलाई तिब्रता दिएको छ । प्राविधिक चुवाहट नियन्त्रणका लागि विद्युत प्रशारण, वितरण लाइन, प्रशारण क्षेत्रमा बुस कटिङ्ग गर्ने, बन्द मिटरलाई परिर्वत गर्ने, मिटर बाइबास गरि विद्युत बाल्नेलाई कारबाहि गर्ने कार्यक्रमलाई तिब्रता लिएको प्राधिकरण प्रमुख रविनबाबु घिमिरेले बताउनुभयो ।
आर्थिक वर्ष २०७३÷०७४ मा २४ दशमलव ९६ प्रतिशत चुवाहट रहेको इलाममा आर्थिक वर्ष २०७४÷०७५ मा १८ दशमलव ३६ प्रतिशतमा झारेको प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरण ग्राहाक निर्देशनालयले चालु आर्थिक वर्षमा १६ दशमवलव ११ प्रतिशतमा चुवाहट झार्ने लक्ष्य दिएकोमा इलाम वितिरण आर्थिक वर्षको ५ महिनामा १५ दशमलव ८५ प्रतिशतमा झरेको प्राधिकरणका प्रमुख रविनबाबु घिमिरेले बताउनुभयो । बाक्लो बस्ति भएका क्षेत्रको ट्रासफर्मरको फेज परिवर्तन गर्ने, अर्थिङ्ग सुधार, फिक्कल सबस्टेनसको स्तरउन्नती, फिक्कल कन्याम फिडरको कन्डक्टर (तार) परिवर्तन गरेकाले चुवाहट नियन्त्रणको दर कम भएको हो । चुवाहट नियन्त्रणका लागि प्राधिकरणले बन्द मिटरहरुलाई परिवर्तन गर्ने कार्यक्रमलाई तिब्रता दिँदै आएको छ ।
प्राधिकरण इलाम वितरण केन्द्रले गत आर्थिक वर्षमा ७ सय बन्द मिटरहरु परिवर्तन गरेको थियो । जसमध्ये पूर्वी इलामको सुर्योदयन गरपालिका क्षेत्रमा मात्रै ४ मिटरहरु परिवर्तन गरिएको थियो । सहरी क्षेत्र र बढी विद्युत खपत हुने क्षेत्रमा गरिएको परम्परागत अर्थिङ्गलाई सुधार गर्दा पनि विद्युत चुवाहट नियन्त्रण हुने भएकाले त्यसालाई तिब्रता दिएको प्राधिकरण प्रमुख रविनबाबु घिमिरेले बताउनुभयो । ट्रासफर्मरको परम्परागत अर्थिङ्गलाई सुधार गर्न चालु आर्थिक वर्षदेखि बजेटकै व्यवस्था गरिएको छ ।
परम्परागत रुपमा अथिङ्ग गरिएका ट्रासफर्मरहरु चट्याङ्गबाट चाँडै पड्किने भएकाले त्यसलाई सुधार गर्दा कम क्षति हुने प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्षमा एकैदिने १८ वटा ट्रासफर्मरहरु पट्किएपछि झण्डै ३६ सय परिवार लामो समय अन्धकारमा बस्न बाध्य भएपछि ट्रासफर्मर नै पड्किन नदिन फेज ब्यालेन्स सुधार र अर्थिङ्ग सुधारलाई प्राथमिकता दिएको प्राधिकरण प्रमुख रबिनबाबु घिमिरेले बताउनुभयो । प्राधिकरणले इलाम सदरमुकाम, फिक्कल, पशुपतिनगर र घना बस्ति भएका क्षेत्रमा रहेका ट्रासफर्मरको अर्थिङ्ग सुधारको कामलाई अहिले प्राथमिकतामा राखेको छ ।
३७ हजार ग्राहाक संख्या रहेको नेपाल विद्युत प्राधिकरण इलाम विरतण केन्द्रले गत आर्थि वर्षमा १८ करोड बढीको विद्युत व्यापार गरेको थियो ।