सुर्याेदय । पत्रकारिता क्षेत्र समाजको ऐना भएकाले संघीयता र नयाँ संविधान कार्यान्वयनमा नेकपाका केन्द्रिय सदस्य एवम प्रदेश नंम्बर एकका प्रदेश सभा सदस्य धिरेन्द्र शर्माले बताउनुभएको छ । सरकारले पत्रकारिता क्षेत्रलाई चौथो अंगको रुपमा राखेको कारण अन्य अंगको खबरदारी गर्नु पत्रकारको मुल दायित्व भएको वहाँले बताउनुभयो ।

रेडियो बुद्धवाणी, स्थानिय सन्देश साप्ताहिक र लोकल सन्देश डटकम अनलाइनले इलामको सुर्योदय नगरपालिकामा आयोजना गरेको ७ दिने आधारभुत पत्रकारिता तथा समाचार लेखन तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै वहाँले संविधान कार्यान्वयन गरेर संघीयता सफल बनाउनका लागी पत्रकारहरुको कलम चल्नुपर्नेमा सर्माले जोड दिए । ३ तहको सरकारको काम कारबाहीलाई नियाल्दै खबरदारी गर्न पत्रकारहरुलाई सर्माले अपिल र्गनुभएको थियो । त्यसैगरी कार्यक्रममा बोल्दै अर्का प्रदेशसभा सदस्य काजीमान कागतेले गाँउघरमा रहेको विकृती र विसंगतीहरु विरुद्ध पत्रकारको कलम चल्नुपर्ने बताउनुभयो । वहाँले समाजको आँखाको रुपमा पत्रकारिता क्षेत्र रहेको उल्लेख गर्दै लुकेर रहेका बिषय बस्तुहरुमा जोड दिएर सु–सुचित गर्न आग्रह गर्नुभयो । पत्रकारको कलमले लेखिएको कुरामा जनताको विश्वास रहने भएकाले सत्य र निष्पक्ष रुपमा आफनो दायित्व निर्वाह गर्नुपर्ने वहाँले बताउनुभयो । सुर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उर्गेन लामाले पत्रकारहरुले आफनो दायित्व विर्सिनु नहुने बताउनुभयो । वहाँले पत्रकारिता क्षेत्र दिनानुदिन परिष्कृत हुँदै गएपनि पत्रकारहरुमा क्षमताको अभावले अपेक्षाकृत रुपमा विकास हुन नसकेको वहाँले बताउनुभयो । पत्रकारिता क्षेत्र विकासका लागी सूर्योदयन गर सरकार जस्तो सुकै सहयोग गर्न तयार रहेको वहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै राष्ट्रिय वन पैदावार व्यवसायी संघका केन्द्रिय अध्यक्ष रोहित खड्काले पत्रकारहरुको योगदानले मात्र समुन्नत समाज निर्माण हुने भएकाले पत्रकारीता क्षेत्रमा राज्यको लगानी र पत्रकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । वहाँले लुकेर रहेको घटनाहरु पत्रकारहरुले आफ्नो ज्यानको पर्वाह नगरी समाजलाई सुचित गराउने भएको कारण सम्मानको हकदार भएको खड्काले बताउनुभयो । वहाँले पत्रकारिता क्षेत्रको प्रर्वद्धनको लागी आफनो संस्था कटिबद्ध रहेको बताउनुभयो ।

सुर्योदय नगर उद्योग वाणिज्य संघका महासचिव राजन प्रधानले पत्रकार र वाणिज्य संघ एक अर्काको समपुरक भएको कारण सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिनुभयो । वहाँले उद्योगीको प्रर्वद्धन र बृद्धि विकासको लागी पत्रकारहरुको कलम निरन्तर जारी राख्नुपर्ने बताउनुभयो । इलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी निरिक्षक हेमराज ओलीले पत्रकारहरुको खोजमुलक सामाग्रीले अपराध अनुसन्धानमा महत्वपुर्ण सहयोग मिलेको बताउनुभयो । वहाँले कहिलेकाही गलत समाचार सम्प्रेषणकै कारण अनुसन्धान फितलो हुनेमा चिन्ता व्यक्त गर्दै ओलीले पत्रकारले सत्य समाचार संप्रेसण गर्नुपर्नेमा जोड दिनुभयो । फिक्कल माध्यमिक विद्यालयका प्रधानाध्यापक गंगाबहादुर महतले शिक्षाको ज्योती फैलाउन पत्रकारहरुले महत्वपुर्ण योगदान दिएको बताउनुभयो । वहाँले समाज रुपान्तरण गर्न र शैक्षिक उन्नतीको लागी पत्रकारले दिएको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवम तालिमका प्रमुख प्रशिक्षक सुजन तिमसिनाले संघियताको कार्यान्वयनसंगै पत्रकार र संचार माध्यमहरु ग्रामिण क्षेत्रमा केन्द्रित हुँदै गएकाले आवश्यक पर्ने जनशक्ती उत्पादनलाई तालिम महत्वपुर्ण हुने बताउननुभयो । ग्रामिण क्षेत्रमा समेत संचारमाध्यमको पहुँच बढदै गएकाले तिनै तहका सरकारले संचार क्षेत्र प्रर्वद्धनमा लगानी बढाउन र सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
तालिममा सुर्योदय नगरपालिका, माइजोगमाई गाँउपालिका, इलाम नगरपालिका र सन्दकपुर गाँउपालिकाका ३५ भन्दा बढी प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ । तालिमलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुजन तिमसिना प्रमुख प्रशिक्षक, रेडियो पत्रकार प्रेम अधिकारी र ग्राणि क्षेत्रमा लामो अनुभव बोटुलेका गोविन्द पौडेलले प्रशिक्षण दिनुहुनेछन् । तालिममा रेडियो बुद्धवाणी एफ एमका कार्यकारी अध्यक्ष दिनेश महतको अध्यक्षतामा भएको थियो ।