Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पुष मसान्तभित्र सबै तहमा पार्टी एकता : नेकपा नेता रायमाझि

पुष मसान्तभित्र सबै तहमा पार्टी एकता : नेकपा नेता रायमाझि

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस १५ २०७५


पुष मसान्तभित्र सबै तहमा पार्टी एकता : नेकपा नेता रायमाझि

इलाम । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य टोप बहादूर रायमाझिले पुष मसान्तसम्म सबै तहमा पार्टी एकता भइसक्ने बताउनुभएको छ । स्थायी समितिको बैठकले पार्टी एकतालाई पूर्णता दिन ९ जनाको कमिटी बनाएको र त्यो कमिटीले पुषभित्र प्रतिवेदन दिएपछि अर्को स्थायी कमिटि बैठकले पास गर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी इलामले आज आयोजना गरेको कार्याकर्ता भेटघाट कार्यक्रममा नेता रायमाझिले केन्द्रिय समिति, स्थायी समिति र सचिवालय बनिसकेको र अब पलिटव्युरो सहितको संरचना निर्माण हुने बताउनुभयो । पार्टी भित्र विवाद र अन्तरसर्घष चर्को भएपनि स्थायी समितिको बैठकले त्यसलाई समाधान गरेकाले अब सरकारका कामपनि जनमुखि हुनेमा वहाँले जोड दिनुभयो ।
पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता रायमाझिले सरकारको नेतृत्वले पार्टी एकता र संघीयता कार्यान्वयनमा पक्षमा धेरै कानुन निर्माण गर्नुपर्ने भएकाले चालु आर्थिक वर्षमा जनमुखि बजेट आउन नसकेको वहाँले बताउनुभयो । घोषणापत्रमा जसरी प्रचार गरेर भोट प्राप्त भयो त्यस अनुसारको बजेट र योजना यो आर्थिक वर्षमा नभएपनि आगामि आर्थिक वर्षमा घोषणापत्र पुर्ण कार्यान्वयनका लागि पार्टी भित्र छलफल भइरहेको नेता रायमाझिको भनाइ छ ।
तीन तहका सरकार गठन भएपनि वित्तिय बाँडफाँड भएकाले एक वर्षमै जनताले चाहे अनुसारको काम नभएपनि आगामि दिनमा देशलाई सवृद्ध बनाउने खालका योजना कार्यान्वयन गर्न पार्टीले काम गरिरहेको वहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार