Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सलकपुरको आलुबारीमा धरहराको नमुना बनेपछि पर्यटक बढे

सलकपुरको आलुबारीमा धरहराको नमुना बनेपछि पर्यटक बढे

  • गोविन्द पौडेल
  • शनिबार, पौस ७ २०७५


सलकपुरको आलुबारीमा  धरहराको नमुना बनेपछि पर्यटक बढे

रोङ । रोङ ६ को सलकपुरको आलुबारी डाडामा राजधानीमा रहेको नौतले धरहराको नमुना ठड््याइएपछि पर्यटकहरुको आर्कषण बढेको छ । काठमाण्डौमा भिमसेन थापाले बनाएको धरहरा २०७२ सालको महा भुकम्पले लडाएपछि अहिले सम्म बन्न र बनाउन नसकिरहेको बेलामा गाउका मानिसहरुलाइ धरहरा यस्तै थियो भनेर देखाउनको लागि करिव तीस फुट अग्लौ र नौतला नै रहेको फलामको नमुना धरहरा निमार्णगरि सलकपुरको आलुबारी डाडामा राखिएपछि दिनहु सो धरहरा हेर्न मानिसहरु आउन थालेका हुन््

सलकपुरमा पुच्छरको मेची खोलादेखी सुन्तला बगानमा पर्यटकहरुको भिड लाग्ने गरेको भएपनि गाउको सिरान आलुबारी डाडो सम्म पर्यटकहरु आइ नपुग्ने भएको कारण गाउको सिरानमा सो धरहरा राखिदा धरहरा हेर्नकै लागि भएपनि गाउको सिरानसम्म पर्यटकहरु आउने गरेको स्थानिय युवराज राइले बताए । गाउपालिकाले गत बर्ष मेची खोला गुर्धुम डाडा पदमार्ग निमार्णको लागि दिइएको बजेटअनुसार स्थानिय युवाहरुले श्रमदान गरेर कार्य सम्पन्न गरेको र यसबाट बचाइएको रकम मध्ये करिव चालिस हजारको लगानीमा नमुना धरहरा बनाइएको स्थानिय युवा याम अधिकारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार