सूर्योदय । सूर्योदय नगरपालिकालाई खरको छाना मुक्त नगर बनाउने उद्देश्यले विपन्न परिवारलाई जस्तापाता वितरण शुरु भएको छ ।
नगरपालिका भित्र रहेका सबै वाडमा बसोबास गर्ने विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको हो । खरको छाना रहेका घर र विपन्न परिवारलाई सहयोग गर्ने उदेश्यले पहिलो चरणमा १४ परिवारलाई जस्तापाता वितरण गरेको नगरपालिकाका सुचना अधिकारी खगेन्द्र बर्देवाले बताउनुभयो ।
नगरपालिकाले पहिलो चरणमा सनिवार बिपन्न नगरबासीलाई जस्तापाता वितरण गरेको हो । नगर प्रमुख रणबहादुर राई, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीना, जिल्ला प्रहरी प्रमुख माधवप्रसाद श्रेष्ठ, नगर उपप्रमुख दुर्गादेवी भट्टराईको उपस्थितिमा जस्तापाता हस्तान्तरण गरिएको थियो ।
नगर सरकारले गरेको अध्ययन अनुसार खरको छाना भएका १ सय १९ घरधुरी रहेको र सबै घरधुरीलाई निःशुल्क रुपमा जसतापाता वितरण गर्ने निर्णय भएको छ । नगर कार्यपालिकाको बैठकले फुसको छाना मुक्त नगर बनाउने निर्णय अनुसार जस्तापाता वितरण शुरु भएको हो । चालु आर्थिक वर्षमा ६२ घर परिवारलाई जस्तापाता वितरण गर्ने योजना रहेको नगरपाािलकका सुचना अधिकारी खगेन्द्र बर्देवाले बताउनुभयो ।
नगरभित्र अति विपन्न अवस्थामा रहेका परिवारहको पहिचान गरि खरको छाना भएको घरमा जस्तापाता लगाउन जस्तापाता वितरण गरिएको हो । फुसको छाना धेरैवर्ष नखप्ने र त्यसलाई विस्थापित गर्न आर्थिक वअस्था कमजोर भएका परिवारलाई नगर कार्यपालिकाको परामर्सपछि जस्तापाता वितरण गर्न शुरु गरिएको नगरपालिका प्रमुख रणबहादूर राईले बताउनुभयो । नगरपालिकाले घरको आकार्र हेरेर १ देखि ५ बन्डलसम्म जस्तापाता वितरण गर्ने निर्णय गरेको छ ।
स्थानीय सरकारनै जनता नजिकको सरकार भएकोले नागरिकको आवश्यकता हेरि निति कार्यक्रम लागु गर्नु प्रशसायोग्य कुरा भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनुभयो ।