Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

आयुर्वेद उपचारको सेवा बिस्तार गर्न इलामको देउमाईमा गाउँघर क्लिनिक

आयुर्वेद उपचारको सेवा बिस्तार गर्न इलामको देउमाईमा गाउँघर क्लिनिक

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर २० २०७५


आयुर्वेद उपचारको सेवा बिस्तार गर्न इलामको देउमाईमा गाउँघर क्लिनिक

इलाम ।  इलामको साबिक जीतपुर, साङरुम्बा, शान्तिडाडा, मंगलबारे ,सिद्धिथुम्का लगायतका क्षेत्रका सर्वसाधारणलाई लक्षित गरि फाकफोक आयुर्वेद औषधालयले आयोजना गरेको स्वास्थ्य क्लिनिक स्थापना गरेको छ । १५÷१५ दिनको फरकमा बिरामीको स्वास्थ्य जाँच र औषधि वितरण गर्ने लक्ष्यका साथ देउमाई नगरपालिका ९ स्थित नहमि बजारमा गाउँघर क्लिनिक स्थापना भएको हो । मंगलबार उद्घाटन भएको क्लिनिकमा मा मा ५ सय बढीले सेवा लिएका छन् ।
स्वास्थ्य जाँच तथा गाउँघर क्लीनिकमा निःशुल्क औषघी र बिरामी जाँच भएको फाकफोक आयुर्वेद मंगलबारेका प्रमुख कविराज तुलसी प्रसाद भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार दीर्घ नसर्ने रोग, हाडजोर्नी बाथ, यूरिक एसिड,प्रेसर, सुगर, पेट ,थाईराइड रोग लगायतका बीरामिहरुलसेवा १५÷१५ दिनमा सेवा लिन सक्नेछन् । उद्घाटनको दिन आज ५ सय १० बिमारीको स्वास्थ्य जाँच गरी औषघी बितरण गरिएको हो । इलाम जिल्लाको देऊमाई नगरपालिका बाहेक सूर्योदय नगरपालिका ,सन्दकपुर गाउँपालिका,इलाम नगरपालिमा मेची अञ्चल आयुर्वेद औषधालय अन्तरग गाउँघर क्लिनिक संचालित छन् ।
गाउँघर क्लिनिक उद्घाटन कार्यक्रममा सहभागिहरुले आयुर्वेद र एलोपेथिक उपचार प्रतिपर्धि नभई एक आपसका पूरक भएको बताउनुभएको थियो । प्राचीनकालीन इतिहास संगै आएको आयुर्वेद औषधि सेवनले दीर्घ र स्वस्थ जीवनयापन गर्न सकिने भएकाले सरकारले एलोपेथिक उपचार पद्धतिमा झै लगानी गर्नुपर्ने वक्ताहरुले जोड दिनुभएको हो ।
पछिल्लो समय आयुर्वेद उपचार प्रति रोगिहरु को आकर्षण बढ्दै गएको तर राज्यको लगानी कम भएकाले कार्यक्रममा उपस्थित स्वास्थ्यकर्मीको भनाइ थियो । आयुर्वेदको नाममा ठगी र गलत प्रचारले पनि आयुर्वेद उपचार पद्धति प्रति आकर्षण कम भएको र उपचार को नाममा बजार र गाडी मा माईकिंङ गर्दै बेचिने आयुर्वेद औषधि उपचारले ठगी भएरहेको समेत सर्वसाधारणले गुनासो गरेका थिए ।
देऊमाई नगरपालिकाका प्रमुख सूर्य प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको कार्यक्रममा उद्योग बणिज्य संघ इलामका अध्यक्ष आनन्द प्रसाद कट्टेल, देउमाई नगरपालिका ९ नम्बर वडाअध्यक्ष प्रेम सागर बराल, मेची अंचल आयुर्वेद औषधालय का प्रमुख खगेंन्द्र पौडेल डाक्टर राम कृष्ण आचार्य, जीतपुर उच्च माविका प्रार्चाय गोविन्द बराल,समजसेबि गोविन्द गिरी, उप स्वास्थ्य चौकी प्रमुख तेज बहादुर सोडारी ,र वडासचिब युवराज घोरसाईले ग्रामणि क्षेत्रमा आयुर्वेद उपचारको जागरण ल्याउनुपर्ने बताउनुभएको थियो ।
देउमाई नगरपालिकामा फाकफोक आयुर्वेद औषधालय मंगलबारेले स्थापना भएको क्लिनिकमा नसर्ने रोग ब्यबस्थापनका बारेमा ग्रामीण क्षेत्रमा सचेतना ल्याउने कार्यक्रम पनि गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार