इलाम । ट्राफिक सम्बन्धि सचेतना सामग्री प्रशारणका लागि ट्राफिक प्रहरी कार्यालय इलामा टेलिभिजन जडान गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आम नागरीकलाई जनचेतना मुलक सन्देश तथा श्रब्य दृष्य सामाग्री प्रशारण गर्नका लागि टेलिभिजन जडान गरिएको हो ।
इलाम नगरपालिका ७ स्थित गोबिन्द ईलेक्ट्रिनिक्स ईलामले टेलिभिजन ट्राफिक प्रहरी कार्यालयलाई प्रदान गरेको हो । कार्यालयलाई प्रदान गरेको टेलिभिजनबाट सेवाग्राही हरुलाई सेवा दिनको लागी संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख पदम राईले बताउनुभयो ।
टेलिभिजन जडानसँगै श्रब्यदृश्य सामग्रीको प्रशारण मार्फत ईलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी श्रबण कुमार तिम्सिना ,जिल्ला प्रहरी कार्यालय ईलामका प्रमुख माधब प्रसाद श्रेष्ठ र ससश्त्र प्रहरी बल १ नं गणका प्रमुख बिदुर कुमार खड्काको उपस्थितिमा उद्घाटन गरीएको हो ।