Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सेन्चुरी बैंकको शाखा रहित सेवा भञ्ज्याङ्गमा

सेन्चुरी बैंकको शाखा रहित सेवा भञ्ज्याङ्गमा

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर १७ २०७५


सेन्चुरी बैंकको शाखा रहित सेवा भञ्ज्याङ्गमा

इलाम । इलाम नगरपालिका नौ गोलाखर्क भञ्ज्याङ्गमा सेन्चुरी कर्मसीयल बैंकको इलाम शाखा अन्तरगतको शाखा रहित सेवा शुरु भएको छ । आईतबार इलाम शाखाले शुरु गरेको शाखा रहित सेवाको सेन्चुरी कर्मसीयल बैंक १ नम्बर प्रदेशका क्षेत्रीय प्रमुख दिपक कुमार पौड्लले शाखा रहित सेवाको मेसीन हस्तान्तरण गरेर उद्घाटन गर्नु भयो ।

उद्घाटन गर्दै पौडेलले ग्रामिण क्षेत्र सम्म पुगेर काम गर्ने उद्धेश्य बैंकको रहेको बताउनु भयो । बैंकका इलाम शाखा प्रमुख भेषराज खड्काले शाखा रहित सेवाले इनपा ९भञ्ज्याङ्ग सहित, सोयाक ,साङरुम्वा लगायतका ग्राहकलाई सहज भएको बताउनु भयो । उक्त शाखाको प्रोपाईटर स्थानीय ब्यावसायी नरबहादुर श्रेष्ठ रहनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार