Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अबैध औषधि शसस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टले नष्ट

अबैध औषधि शसस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टले नष्ट

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर ५ २०७५


अबैध औषधि शसस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टले नष्ट

पशुपतिनगर  ।  भारतबाट लुकाएर ल्याउँदै गरेको पशुहरुमा प्रयोग गरिने अबैध औषधि शसस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टले नष्ट गरेको छ । भारतको दार्जिलिङ्गबाट सीवावर्ती पशुपतिनगर नाकाबाट नेपाल ल्याउँदै गरेको अवस्थामा शसस्त्र प्रहरीको पशुपतिनरस्थित सीमा सुरक्षा पोष्टले बरामद गरि नष्ट गरेको हो ।
शसस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट पशुपतिनगरका प्रमुख संसाक कार्की अनुसार ३० हजार मुल्य बराबरको पशुहरुको उपचारमा प्रयोग गरिने सिरिन्ज, झोल औषधि र स्लाइनका बट्टा बरामद गरि नष्ट गरिएको हो । शसस्त्र प्रहरीले पत्रकार, सूर्योदय नगर उद्योग बाणिज्य संघका पदाधिकारी, पशुपतिनगर भन्सार कार्यालय, शिमा प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय पशुपतिनगर र जनप्रतिनधिको उपस्थितिमा नष्ट गरको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार