इलाम । इलामका चिया उद्योगमा काम गर्ने महिला श्रमिक संगठित भएका छन् । महिला श्रमीकहरुको भेलाले इलामेली अर्थोडक्स महिला श्रमीक मञ्च गठन गरेका हुन् ।
इञ्दिरा रिजाल लुइटेलको संयोजकत्वमा गठन भएको श्रमीक मञ्चको सचिवमा इलाम जिल्लाभरमा रहेका चिया उद्योगममा काम गर्ने महिलाहरुको प्रतिनिधित्व रहेको छ । ३५ जना महिला श्रमीक रहको श्रमीक मञ्चको जिल्ला समितिले चिया उद्योगमा काम गर्ने महिलाहरुको हक हितका लागि सक्रिय रहने र सरकारले तोकेको ज्याला कार्यान्वयनका लागि पहल गर्ने सचिव देवीका आचार्यले बताइन् ।
इलाममा साना ठुला गरी ८० वटा चिया उद्योगहरु रहेका छन् । चिया उद्योगमा ८ सय बढी महिला श्रमीक रहेको सूर्योदय टि एशोसिएसनका संस्थापाक सदस्य टिकाराम अधिकारीले बताइन् ।