Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बिऊ आलुको बजारमा हाहाकार, मुल्य पनि दोब्बर

बिऊ आलुको बजारमा हाहाकार, मुल्य पनि दोब्बर

  • गंगा पराजुली
  • शनिबार, मंसिर १ २०७५


बिऊ आलुको बजारमा हाहाकार, मुल्य पनि दोब्बर

इलाम ।  बजारमा बिऊ आलुको नपाएपछि इलामको ग्रामीण क्षेत्रका किसान समस्यामा परेका छन् । व्यवसायीक र घरायसी प्रयोजनका आलु रोप्दै आएका किासनले लागि बजारमा बिऊ आलु नपाएपछि समस्यामा परेका हुन् । हिउँदे आलुको बिउको माग धेरै भएपनि बजारमा बिउ आलु नै नआएका कारण मुल्य समेत आकासिएको छ । गाउँका खुद्रा व्यापारीदेखि बजारका होलसेल व्यापारीसँग अघिल्ला वर्ष बिऊ आलु पर्याप्त भएपनि यसवर्ष बिउ आलुको अभाव भएको इलामको सूर्योदय नगरपालिका ९ गहिरिगाउँका किसानसागर पराजुलीले बताए । विउ आलु उत्पादन हुने इलाम र पाँचथरका उच्च पहाडी क्षेत्रबाटै आलुको बिउ आलु नपाएका कारण बजारमा बिऊ आलुका् हाहाकार भएको व्यवसायी बताउँछन् ।
रोप्ने बेलामा विउ आलु अभाव भएपछि बारीमा के खेती गर्ने अन्योलमा किसान परेका छन् । बार्षिक १० मन आलु रोप्दै आएका सूर्योदय नगरपालिका १० का किसान सागर पराजुलीले यस वर्ष बिउ आलु नपाएपछि २ मन मात्रै रोपेको बताए । ‘बिऊ आलुको अभावले गर्दा गाउँमा धेरै किसानले आलु रोपेका छैनन्, उनले भने–‘आलुको बिऊ पाएपनि खरिद गर्ननै समस्या रहेको छ ।’ अहिले इलामका व्यापारीक केन्द्रमा आलुको बिउ खरिद गर्न आउने किसानको संख्या धेरैभएपनि नपाएर त्यसै फर्कन्छन्, मूल्य सुन्ने बित्तकै तर्सिने गरेको माईजोगमाई गाउँपालिकाका दिनेश महतले बताए ।
इलामका व्यापारीक केन्द्रमा इलामकै नयाँबजार, माबु, माईमझुवा र पाँचथरको राँकेबाट बिऊ आलु आउने गरेको छ । व्यापारिक केन्द्रहरुमा बिउ आलुको मुल्य ८० रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ४० रुपैयाँमा खरिद गरेको बिऊ आलु अहिले ८० रुपैयाँ पुग्नु र त्यो पनि नपाएपछि इलामका आलु किसान निरास भएका छन् । बिऊ आलु उत्पादन हुने क्षेत्रमै कम उत्पादन भएका कारण मुल्य आकासिएको व्यवसायीको भनाइ छ । बिऊ आलु खरिद गर्दा ३२ सयमा खरिद गरेर रोपेर पछि नयाँ उत्पादन भएपछि बिक्रि गर्ने समयमा प्रति मन ८ सय देखि १२ सय रुपैयाँमा बजारमा बिक्रि हुने गरको छ । नयाँ उत्पादन हुने आलुको मुल्य कम हुने भएकाले पनि इलामका किसानले हिउँदे आलु कम रोप्न थालेका छन् । कृषि ज्ञान केन्द्र इलामका अनुसार बार्षिक ९१ हजार ७ सय ४९ मेट्रिक टन आलु उत्पादन हुने गरेकोमा ७३ हजार ४ सय मेट्रिक टन आलु तराईका बजारमा निर्यात हुने गरेको छ । जसबाट बार्षिक एक अबै ४६ करोड ८० लाख रुपैयाँको कारोबार हुने र नयाँ आलु प्रति किलो २० रुपैयाँमा बिक्रि हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख रामसोगरथ साहले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार