Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धिथुम्का महोत्सवको तयारी तिब्र

इलाममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धिथुम्का महोत्सवको तयारी तिब्र

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक २० २०७५


इलाममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धिथुम्का महोत्सवको तयारी तिब्र

इलाम  ।  इलाममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धिथुम्का महोत्सवको तयारी तिब्र भएको छ । इलामको देउमाई नगरपालिका–७ स्थित सिद्धिथुम्कामा तीन दिने पर्यटन महोत्सव आयोजनाको तयारी तिब्र पारिएको आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाँईले बताउनुभयो ।  ‘आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटौं’ भन्ने नाराका साथ आगामी कार्तिक २५, २६ र २७ गते महोत्सव आयोजना हुँदैछ । सिद्धिथुम्का पर्यटन महोत्सवलाई व्यवस्थित बनाउन विभिन्न उप समिति पनि गठन गरिएको अध्यक्ष गोविन्द गुरागाईले जानकारी दिनुभयो ।
महोत्सवको पहिलो दिन सांस्कृतिक झाँकीका साथ कार्यक्रम उद्घाटन, दोस्रो दिन भव्य सांस्कृतिक कार्यक्रम र तेश्रो दिन समापन समारोहमा सम्मान कार्यक्रम हुने आयोजक समितिले जनाएको छ । महोत्सवमा प्रमुख आकर्षणको ?पमा सुर्योदय र सुर्यास्तको ?पमा सिद्धिथुम्का चुली, फुङफुङे झरना, ऐतिहासिक गुफा, मन्दिर, गुम्बा, देवीस्थान, प्राकृतिक, जैविक विविधता साथै जातीय सांस्कृतिक नाँचगान, स्थानीय खानपिनका परिकार रहेका छन् । इलामको चुरे क्षेत्रको आकर्षक दृश्य पनि महत्वमा आउने पर्यटकले हेर्न सक्नेछन् ।
सदरमुकामदेखि पश्चिम भेगमा रहेको सिद्धिथुम्का चुली समुन्द्र सतहदेखि १ हजार ६ सय ९३ मिटरको उचाईमा छ । सिद्धिथुम्का चुली पुग्ने पर्यटकले एकै स्थानबाट सुर्योदय र सुर्यास्तको दृश्यबाट रमाउँदै आएका छन् ।
सीद्धिथुम्का चुली बाहेक अजम्बरे डाँडा, खान्दु्रङ गुफा, स्थानीय व्यवसायिक कृषि प्रणाली, मौरीपालन व्यवसाय, सालको जंगल र बहुसांस्कृतिक जनजाति समुदाय लिम्बू, राई, तामाङ, मगर जातिको सांस्कृतिक जीवनशैली आकर्षणको पक्ष रहेको देउमाई नगरपालिकाका प्रमुख सूर्य पोखरेलले बताउनुभयो ।
जीतपुर र सिद्धिथुम्काको सीमानामा रहेको अजम्बरे डाँडाबाट हरिया चिया बोटको मनोरम दृष्य, कञ्चनजंगा र हिमालय पर्वतको दृश्य साथै तराईका समथर फाँटह? र इलामको सम्पुर्ण गाँउबस्ती नियाल्न सकिने वडा नम्बर ९ का सचिव युवराज घोर्साईंले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार