इलाम । इलामका उत्पादनमुलक क्षेत्रमा लगानी गर्न देशका ठुला लगानीकर्ता उद्योगी एवम् व्यवसायीहरु तयार भएका छन् । इलाम नगरपालिकाको आगामी कार्तिक २५ गते हुने लगानी सम्मेलनको बिषयमा पुर्व बैठकमा सहभागी देशभरका ४४ जना औद्योगिक घरानाका व्यवसायी एवम नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय पदाधिकारीहरुले इलामको व्यवसायीक लगानीका लागी आफुहरु तयार भएका हुन् ।
उद्योग वाणिज्य महासंघ केन्द्रिय अध्यक्ष भवानी राणाले इलामका व्यवासयीक क्षेत्रमा लगानी बढाउनका लागी प्रदेश नम्बर एकको लगानी सम्मेलन इलाममा गनें प्रतिवद्धता जनाउनुभयो । उर्जा उद्यमी विरेन्द्र न्यौपानेले इलाममा जलविद्युत क्षेत्रमा लगानी गरिरहेको र आगामी दिनमा अझ लगानी थप गर्दै जाने बताउनुभयो । त्यसैगरी बरिष्ठ उपाध्यक्ष एवम गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, पञ्चकन्या ग्रुपको प्रदिप श्रेष्ठ, पुर्व अध्यक्ष कुशकुमार जोशी र रविभक्त श्रेष्ठ, केन्द्रिय सदस्य चन्द्र ढकाल लगायतका उद्योगी एवम व्यवसायीहरुले इलाममा लगानीका वातावरण तयार भए आफुहरु पर्याप्त लगानी गर्न तयार भएको बताउनसभयो ।
लगानी सम्मेलनको बिषयमा काठमाडौँको एयरपोर्ट होटलमा भएको उद्योगी व्यवसायी एवम राष्ट्रिय नेताहरुको उपस्थितीमा भएको बैठकमा पुर्व प्रधानमन्त्री एवम इलाम क्षेत्र नं १ का साँसद झलनाथ खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री खनालले स्थायी सरकारले भएकाले उद्योगी एवम व्यवसायीहरुले इलाममा लगानी गर्नका लागी वातावरण तयार भइसकेको बताउनुभयो ।
कार्यक्रमका बिशेष अतिथी पुर्व सभामुख एवम इलाम क्षेत्र नं २ का साँसद सुवासचन्द्र नेम्वाङले इलाममा पर्याप्त उर्जा र लगानी गर्ने वातावरण रहेको बताउनसभयो । राष्ट्रिय सभा सदस्य अगम बान्तवा, संघीय संसदकी सदस्य सुजाता परियारको उपस्थिती रहेको नगरपालिकको तर्फबाट लगानी सम्मेलनको बिषयमा कृष्ण शाहले इलामको लगानी क्षेत्र कृषि, पर्यटन, शिक्षा, जडिबुटी लगायतका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
इलाम प्राकृतिक रुपमा सम्पन्न हुनुका साथै भारत र बंगलादेशसंगको व्यपारका लागी इलाम उपयुक्त रहेको नगर प्रमुख महेश बस्नेतले लगानीकर्ता लगानी गर्न आग्रह गर्नुभएको थियो । उर्जा क्षेत्रमा समेत १० वटा बढी हाइड्रोपावरको लगानी भइसकेको र उर्जा समस्या नभएकाले लगानीका लागि कुनै समस्या नभएको मयेर बस्नेतले बताउनुभएको थियो ।