Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

पशुपतिनगरमा भारतीय र नेपाली सीमा सुरक्षा बलको संयुक्त ‘हेल्प डेक्स’

पशुपतिनगरमा भारतीय र नेपाली सीमा सुरक्षा बलको संयुक्त ‘हेल्प डेक्स’

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक १७ २०७५


पशुपतिनगरमा भारतीय र नेपाली सीमा सुरक्षा बलको संयुक्त ‘हेल्प डेक्स’

इलाम । पूर्वी पहाडी नाका इलामको पशुपतिनगरको सीमा क्षेत्रमा नेपाली सीमा शसस्त्र बल र भारतीय सीमा सुरक्षा बलको संयुक्त ‘हेल्प डेक्स’ स्थापना भएको छ । नेपाली सीमा सुरक्षा पोष्ट पशुपतिनगर र भारतीय सीमा सुरक्षा बलले सीमा क्षेत्रको नेपाल भारत दुवै क्षेत्रमा संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।
चाडपर्वको समयमा सीमा क्षेत्रमा हुने अपाराधिक गतिविधि नियन्त्रण र दुवै देशका नागरिकलाई आवतजावतमा सहज पु¥याउने उदेश्यले संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको सीमा सुरक्षा पोष्ट पशुपतिनगर इलामका प्रमुख ससांक कार्कीले बताउनुभयो । दुवै देशको सीमा क्षेत्रमा राखिएको सहायता कक्षमा नेपाली र भारतीय सीमा सुरक्षा बलका एक÷एक जवान बिना हतियार राखिएको छ । उनीहरुले नेपालबाट भारत जाने नागरिक र भारतबाट नेपाल आउने नेपाली तथा भारतीय नागरिकलाई अफ्ठ्यारो परेमा सहयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार