इलाम । दुई वर्षअघि स्थापित सेतोट्यामी दुग्ध उद्योग प्रालिले उद्योग बन्द गर्ने सुचना टाँस गरेपछि इलामको रोङ गाँउपालिकाका किसान आक्रोशित भएका छन् ।
रोङ १ र २ का विभिन्न स्थानमा दुध संकलन केन्द्र स्थापना गरेर किसानको दुध संकलन गर्दै आएपनि पछिल्लो समय बन्द गर्ने भन्दै बारम्बार सुचना टाँस गरेपछि किसान आक्रोसित भएका हुन् ।
एक वर्ष अघिबाट रोङ–१ र २ को शान्तिपुर, सिरिसे लगात विभिन्न स्थानमा दुध संकलन केन्द्र स्थापना गरेर प्रतिलिटर ३५–४० रुपैंयामा दुध किन्दै आएको सेतोट्यामीले आगामी मंसिर–१ गतेबाट संकलन केन्द्र बन्द गर्ने सुचना टाँसेपछि गाई पालक किसानहरु आक्रोशित भएका हुन् ।
स्थानीय किसान इन्द्र अधिकारीले भन्नुभयो– रोङ–१ र २ बाट करिब दैनिक आठ सय लिटर दुध सेतोट्यामीले किन्दै आएको थियो । अहिले विभिन्न बहाना देखाएर दुध किन्दिन भन्दै सुचना टाँस गरेको अब हामी किसान अब के गर्ने अधिकारीले भन्नुभयो । यस अघि आइतबारे स्थित दुग्ध चिस्यिान केन्द्रलाई दुध बेच्दै आएका शान्तिपुरका गाई पालक किसानले गाँउमै राम्रो मुल्य दिने सेतोट्यामी दुग्ध संकलन केन्द्र आएपछि किसानले दुग्ध विकास संस्थानलाई दुध बेच्न छाडेका थिए ।
डिडिसिलाई दुध दिन छाडियो एक वर्ष पछि सेतोट्यामीले बिच्चली बनाउने भयो यसरी किसानलाई झुक्याउने उद्योगलाई किन कारबार्ही नगर्ने भन्दै स्थानीय किसान आक्रोशित भएका छन् ।
यता सेतोट्यामीका कर्मचारी सुमन श्रेष्ठले आफुलाई घाटा लाग्ने भएकाले बन्द गर्न लागेको बताउनुभयो । वहाँले भन्नुभयो–एक वर्ष भयो बाटोका कारण धेरै मुल्य पर्न गयो हामी अब बन्द छौं ।
दैनिक ८ सय लिटर दुध हुन्छ वहाँले भन्नुभयो –गाँउमै ३५–४० रुपैंया मुल्य दिएर दुध किन्न सक्दिन । हामी सेतोट्यामी मंसिर १ गतेबाट बन्द गछौं ।
किसानलाई बिच्चली बनाउने हिसाबले विकल्प समेत नदिई बन्द गरे कारबाही गर्ने रोङ गाउँपालिका १ का वडाध्यक्ष वुद्धिबहादुर ढकालले बताउनुभयो ।
वहाँले भन्नुभयो एक वर्षसम्म घाटा नहुनु अहिले आएर घाटा भयो भन्दै किसानलाई बिच्चली बनाउने काम गरे सेतोट्यामी विरुद्ध जस्तो सुकै आन्दोलन गर्न पनि आफुहरु तयार छौँ ।
रोङ गाँउपालिकाले वडा नम्बर १ लाई गाईपालन र दुध उत्पादनको पकेट क्षेत्र घोषणा गरेर काम गरिरहेपनि किसान भने दुध बिक्रि नहुने चिन्ताले चिन्तत बनेका छन् । किसानको समस्यालाई ध्यानमा राखेर रोङ गाउँपालिका १ का जनप्रतिधिले सेतोट्यामीलाई किसानलाई पिडा हुने काम नगर्न ध्यानाकर्षण गराई सकेको वडाध्यक्ष ढकालले जानकारी दिनुभयो ।
पछिल्लो समय रोङ १ मा ब्यवसायिक गाई फार्म सञ्चालन गर्ने किसानहरु बढ्दै गएपनि पानी मुल्य बराबर दुध बेच्नु परेको भन्दै किसानले उचित बजारको ब्यवस्थापन गरिदिन पटक–पटक स्थानीय सरकारको ध्यानकर्षण गराएका छन् ।