Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिका क्षेत्रका सार्वजनीक सवारीसाधनमा टिकट अनिवार्य

सूर्योदय नगरपालिका क्षेत्रका सार्वजनीक सवारीसाधनमा टिकट अनिवार्य

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक १६ २०७५


सूर्योदय नगरपालिका क्षेत्रका सार्वजनीक सवारीसाधनमा टिकट अनिवार्य

इलाम । सूर्योदय नगरपालिका क्षेत्रमा संचालनमा रहेका सार्वजनीक सवारीसाधनमा टिकट अनिवार्य गरिएको छ । यात्रुहरुले बढी भाडा लिएको गुनासो बढेपछि सरकारले निर्धारण गरेको भाडादर लागु गर्दै अनिवार्य रुपमा यात्रुलाई टिकट दिनुपर्ने व्यवस्था गरिएको हो ।
इलाका प्रहरी कार्यालय कार्यालय पशुपतिनगरको अगुवाई, ट्राफिक प्रहरी पोष्ट र प्रहरी चौकी फिक्कलको संक्रियतामा सार्वजनीक यातायातमा अनिवार्य यात्रुलाई टिकट दिने कार्य बिहिबार शुरु भएको छ । सूर्योदय जिप तथा ट्याक्सि कम्पनी प्रालिको आयोजनामा आज भएको एक कार्यक्रमका बिच सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले यातायात व्यवसायीका प्रतिनिधिलाई टिकटको बुक हस्तान्तरण गर्नुभएको थियो । टिकट बुक हस्तान्तरण कार्यक्रममा नगर प्रमुख राईले यात्रुलाई प्रदान गरिने टिकटमा ठाउँको समेत नाम राखेर भाडादर लेखिनुपर्ने बताउनुभयो । सरकारले इलामको फिक्कलबाट विर्तामोड एक सय ५० रुपैयाँ, फिक्कलबाट इलाम एक सय ५० रुपैयाँ, फिक्कलबाट पशुपतिनगर ५०, फिक्कलबाट कुटिडाँडा ५०, फिक्कलबाट श्रीअन्तुको भञ्ज्याङ्ग एक सय २० र फिक्कलबाट तीनघरे ५० रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।
त्यस्तै फिक्कलबाट नयाँबजार एक सय ८०, फिक्कल गोर्खे एक सय रुपैयाँ भाडादर तोकिएको छ । विभिन्न संघसंस्था, उद्योग बाणिज्य संघ, स्थानीयबासी, संचारकर्मी, प्रहरीको उपस्थिति रहेको कार्याक्रमको संचालन सूर्योदय जिप तथा ट्याक्सि कम्पनी प्रालिका महासचिव विनोद मोक्तानले गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार