इलाम । सुर्योदय नगरपालिकाले सडक ऐन २०३१ अनुसार मेची राजमार्गको साढे सात मिटर मात्रै क्षेत्राधिकार कायम गराउने भएको छ । नगरपालिकाले असोज २ गते सार्वजनिक सुचना जारी गरेको सुचनामा मेची राजमार्गको दायाँबायाँ १५÷१५ मिटर कायम गर्ने भनेपनि साढे सात मिटर भित्रका मात्रै घरटहरा हटाउने भएको हो ।
एक वर्ष अघि पर्यटकीय क्षेत्र कन्याम क्षेत्रमा मेची राजमार्गको दायाँबायाँ १५÷१५ मिटर क्षेत्रअधिकार कायम गरेको नगरपालिकाले बाक्लो बस्ति भएको पालटाङ्गेबाट भालुखोप सडक खण्डमा साढे सात मिटर क्षेत्रमा रहेको घरटहरा मात्रै हटाउने भएको हो । १५ मिटर क्षेत्राअधिकार कायम गर्ने सुचना प्रकाशित भएपछि स्थानीयबासीले आज सूर्योदय नगरपालिकाका मेयर रणबहादूर राईलाई बुधबार भेटि साढे सात मिटर भित्रका मात्रै घर टहरा हटाउन आग्रह गरेका थिए । जवाफमा मेयर राईले साढे ७ मिटर क्षेत्रका घर टहरा हटाउने निर्णय भएको बताउनुभयो ।
कन्यामको पालटाङ्गेबाट भालुखोपसम्मको मेची राजमार्गको दायाँबायाँ १५÷१५ मिटर क्षेत्राधिकारभित्रका निजी तथा सार्वजनिक घर टहरा, पाटीपौवा, विद्युत पोलहरु मंसिर १५ गतेसम्म हटाउन अशोज २ गते सुचना जारी गरेको हो ।
मेचीराजमार्ग क्षेत्राधिकार पिडित समितिको टोलीसँग नगरपालिकाका मेयर रणबहादूर राईले गत वर्ष विस्तार गरिएको कन्याम क्षेत्रमा भौतिक संरचना निर्माण गरेपछि मात्रै पालटाँडे भालुखोप खण्डमा घरटहरा हटाउने बताउनुभयो ।
२०७१ साल भदौमा गरिएको सर्वेक्षण अनुसार तत्काल अबस्थामै झापा–इलामको सिमाना जोरकलशदेखी इलामको राजदुवालीसम्म १५ मिटर कायम गर्दा ८ सय भन्दा बढी घर भत्किनेछन् ।