इलाम । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ३ का अध्यक्ष होम कार्कीले नेपाल पत्रकार महासघ इलामका उपाध्यक्ष तथा इलामका युवा पत्रकार सुजन तिमसिनालाई धम्कि दिएका छन् । नगरपालिकाको भौतिक पूर्वाधार विकास समितिका संयोजक समेत रहेका कार्कीले लोकल सन्देश डट कममा प्रकाशित ‘सूर्योदय नगरपालिकाका ३ वडाध्यक्षद्धारा सरकारी सवारीसाधनको दुरुपयोग’ समाचारको बिषयमा लिएर धक्कि दिएका हुन् ।
अाइतबार दिउँशो १२ बजेर ४४ मिनेटमा पत्रकार सुजन तिमसिनालाई ९८५२६८००६७ नम्बरको मोबाइलबाट फोन गरि ‘तपाई सूर्योदय नगरबासी हैन, म पनि यस नगरबासी हुँ भन्दै थर्काएका हुन् । तपाईको क्यामरा मेरो मोटरसाइकल तिर नफर्काउनु भन्दै वडाध्यक्ष कार्कीले तपाईजस्तो पत्रकार थुपै् देखेको भन्दै थर्काएका हुन् । कात्तिक २ गते सुर्योदय ८ निवासी खिना भट्टराईको मलामी जाँदा वडा न ३ का अध्यक्ष होम कार्कीले मे १ ब २८० नम्बरको सरकारी मोटरसाइकल बिदाको दिन प्रयोग गरेको भन्दै फिक्कलबाट प्रकाशित हुने लोकल सन्देश डट कममा समाचार प्रकाशित भएपछि उनले पत्रकार सुजन तिमल्सिनालाई धम्की दिएका हुन् ।
यसैगरि पत्रकार सुजन तिमसिनालाई त्रसित गर्ने गरि फोन गरेको भन्दै फिक्कलबाट प्रकाशित स्थानीय सन्देश साप्ताहिकले गम्भिर ध्यानआकर्षण भएको जनाएको छ ।
स्थानीय सन्देश साप्ताहिकका सम्पादक बासुदेव तिमसिनाले आज एक प्रेश विज्ञप्ति प्रकाशित गरि ‘सूर्योदय नगरपालिकाका ३ वडाध्यक्ष होम कार्कीको भनाइले संचारकर्मीहरुले स्वतन्त्र रुपमा समाचार सम्प्रेशण गर्ने वातावरण समेत खल्बिलिएको जनाएको छ ।
विज्ञप्तिमा राज्य संचालन गर्ने जनताका प्रतिनिधिले स्वतन्त्र, निस्पक्ष र व्यवसायीक पत्रकारहरुप्रति ‘तपाई सूर्योदय नगरबासी हैन, म पनि यस नगरबासी हुँ भन्ने भनाइले’ निज पत्रकारले जिउ ज्यानको असुरक्षा भएको महसुस गरेकाले संचारकर्मी र संचारमाध्यममाथि हुने यस्ता धम्किको घोर भर्सना र निन्दा गर्दछौ भनिएको छ ।
पत्रकार सुुजन तिमसिना इलामको फिक्कलबाट प्रकाशित हुने स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देशक डट कमका प्रधानसम्पादक फिक्कलकै रेडियो वुद्धबाणिका कार्यक्रम संचालक र नेपाल टेलिभिजनका इलाम समाचारदाता हुन् ।