फिक्कल । सुर्योदय नगरपालिका–१० मा रहेको महिला बहुद्धेश्य सहकारी संस्थाको १८ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा सम्पन्न साधारणसभा गत आर्थिक बर्ष २०७४/७५ को २ करोड ४६ लाख १४ हजार १७७ रुपैया बराबरको आयव्यय प्रस्तुत गरिएको थियो । संस्थाले गत आर्थिक बर्षमा ३४ हजार ८ सय रुपैया मुनाफा आर्जन गरेको छ । संस्थाको व्यवस्थापक मुक्ता शर्माले संस्थाको चिनारी सामाजिक प्रतिवेदन र लेखा संयोजक गायत्रा ओलीले आर्थिकक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।
३४ लाख ६९ हजार सेयर पुँजी रहेको संस्थाको १ करोड ८३ लाख ७६ हजार ८६७ रुपैया बचत र १ करोड ९६ लाख ७७ हजार २९७ रुपैया ऋण लगानी रहेको छ । संस्था संचालनका लागी गत आर्थिक बर्षमा २९ लाख ५९ हजार १ सय ५८ रुपैया खर्च भएको व्यवस्थापक शर्माले जानकारी दिइन । सुर्योदय नगरपालिका ८, ९ र १० नम्बर कार्यक्षेत्र रहेको संस्थामा ५५९ जना सेयर सदस्यहरु रहेकाछन । नरमाया सुव्वाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सावित्रा गड्तौलाले स्वागत मन्तव्य राखेकी थिइन ।
कार्यक्रममा नगर सहकारी प्रमुख देवेन्द्र राई, प्रमुख प्रशासकिय अधिकृत प्रकाश पौडेल, पुर्व अध्यक्ष अमृता राई, ऋण संयोजक धनकुमारी कार्की, इलामेली चिया उत्पादक सहकारी संस्थाका कृष्ण सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रमुख अतिथीको रुपमा नगरप्रमुख रणबहादुर राईलाई आमन्त्रण गरिएको भएपनि उपस्थित नभएको व्यवस्थापक शर्माले जानकारी दिइन ।