Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सडकको अवस्था राम्रो नहुँदा घोडाको भरमा उत्तरी इलामका किसान ( भिडियो रिर्पोट सहित)

सडकको अवस्था राम्रो नहुँदा घोडाको भरमा उत्तरी इलामका किसान ( भिडियो रिर्पोट सहित)

  • नमीन ढकाल
  • बुधबार, असोज १७ २०७५


सडकको अवस्था राम्रो नहुँदा घोडाको भरमा उत्तरी इलामका किसान ( भिडियो रिर्पोट सहित)

इलाम । इलामको उत्तरी क्षेत्रमा यातायात सुविधाको पुगेपनि सवारी साधन संचालन हुन नसक्दा घोडामा भारी बोक्नुपर्ने वाध्यता छ । उत्तरी क्षेत्रमा संचालन हुन २० बर्ष पुराना ल्यान्डरोभर गाडी कुदन सरकारले रोक लगाएपछि विकल्पको रुपमा घोडा प्रयोगमा आएका हुन । ट्रयाकमात्र खोलेर छोडिएको सडकमा ल्यान्डरोभर बाहेकका अन्य सवारी साधन संचालन हुन नसक्दा सामाग्री ढुवानीमा समस्या हुने गरेको स्थानियको भनाई छ । जिल्लाको सुर्योदय, माइजोगमाई, सन्दकपुर लगायतका क्षेत्रमा पर्याप्त मात्रामा स्कुस र कोपी उत्पादन हुने भएपनि सडक नहुँदा घोडाको भरमा बजारसम्म पु¥याइने गरेको स्थानिय बलबहादुर थापाले बताए ।

३ वटा स्थानिय तहका कृषि उत्पादनको मुख्य बजार नेपाल भारत सिमानाको मानेभञ्ज्याङ नै हो । आफना उत्पादन बिक्री गरेर किसानहरुले मानेभञ्ज्याङबाट खाध्यान्न खरिद गरी ग्रामिण क्षेत्रमा घोडाबाटै ढुवानी गर्दै आएका छन । यातायातको राम्रो व्यवस्था नहुँदा ति क्षेत्रका बासिन्दाहरुले ऋण गरेर भएपनि ढुवानीको लागी घोडा खरिद गरेका छन । अधिकाँश किसानको घरमा ढुवानीकै लागी ५ वटासम्म घोडा पालिएका छन । कतियपय स्थानीयले घोडाबाट सामाग्री ढुवानी गरेर दैनिक १ हजारसम्म आम्दानी गर्ने गरेका छन ।

नेपाल तर्फबाट सिजन अनुसारको तरकारी निर्यात हुन्छ भने भारतबाट दैनिक उपभोग्य चामल, नुन, तेल लगायत अन्य खाध्यान्न आयात हुने गरेको छ । कृषि क्षेत्रको पर्याप्त संभावना भएपनि सडकको अवस्था राम्रो नहुँदा सोचे जस्तो आम्दानी नभएको किसानहरुको गुनासो छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार