कन्याम । सुर्योदय नगरपालिका ६ कन्याममा रहेको मनकामना दुग्द्य सहकारी संस्थाको २१ औ साधारणसभा सोमबार सम्पन्न भएको छ । संस्थाको भवनमा सम्पन्न साधारणसभामा ४४ लाख बराबरको आयव्यय प्रस्तुत गरिएको थियो । गत आर्थिक बर्षमा सहकारीले ३९ हजार रुपैया मुनाफा आर्जन गरेको थियो । साधारणसभामा सरसफाइमा उत्कृष्ट इन्द्रबहादुर भुजेल, गुणस्तरमा दधिराम दर्नाल, बर्षभरी दुध ल्याउने प्रेम तामाङलाई सम्मान गरिएको थियो ।
द्धवारीका प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वअध्यक्ष चन्द्रबहादुर मोक्तान, याम बहादुर गिरी, किसान बुद्ध तामाङ, ढुवानीकर्ता टेकबहादुर तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।